अन्य
स्थानिय निकायका कर्मचारी आन्दोलित बनेपछि सेवाग्राही मर्कामा
३ फागुन, इलाम । स्थानिय निकायका कर्मचारीहरु १३ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएपछि जिल्ला बिकास समिति इलाम, तीनवटा नगरपालिका ४३ वटा गाविसको काम ठप्प भएको छ । अनिश्चित कालिन आन्दोलनका कारण स्थानिय निकायहरुमा कामकाज ठप्प भएको छ । गाउँगाउँबाट आएका सेवाग्राहिहरु रित्तै फर्किनुपरेको छ ।
चौथो उदयपुर गोल्डकपमा रुपन्देही फाइनल प्रबेश
३, फागुन, उदयपुर । उदयपुरमा जारी चौथो उदयपुर गोल्डकपको आज भएको सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै रुपन्देही ११ फाइनलमा प्रवेश गरेको छ । हिमालयन शेर्पा क्लबलाई तीन दुई अन्तरले पराजित गर्दै रुपन्देही ११ फाइनलमा प्रवेश गरेको हो ।
प्
अब रेडियोहरु गाउँपालिकामै दर्ता र नविकरण हुन्छन्ः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएकै मितिमा तीनै तहको निर्वाचन हुने बताउनुभएको छ ।
जानकी मेडिकल कलेज सिटि अस्पतालका कर्मचारीहरु आन्दोलित
२ फागुन,जनकपुरधाम ।
विगत १३ महिना देखि आफुहरुले तलब नपाएको भन्दै जनकपुर स्थित जानकी मेडिकल कलेज सिटि अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । आफुहरुले पटक पटक अस्पताल व्यवस्थापन समक्ष तलबको लागि आग्रह गर्दा समेततलब उपलब्ध नगराए पछि कर्मचारीहरुले संघर्ष समिति गठन गरि आकस्मिक सेवा बाहेकका सम्पुर्ण
नेपाल–भारत सिमानाका ७२ घण्टाका लागि बन्द
२ फागुन, बैतडी ।
भारतीय सरकारले आईतबार साँझबाट नेपाल भारत जोड्ने बैतडीको जुलाघाट र दार्चुला नाका ७२ घण्टाका लागि बन्द गरेको छ । भारतको उत्तराखण्ड राज्यमा फेबु्रवरी १५ तारिकमा हुन लागेको विधान सभाको निर्वाचनको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै भारतीय सरकारले यी नाका बन्द गराएको हो ।
सरकारको मुख्य दायित्व निर्वाचन ः खनाल
भैैरहवा, १ फागुन । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनाल बलदेवले वर्तमान सरकारको मुख्य दायित्व भनेकै तीन तहको निर्वाचन गराउनु रहेको बताएका छन । आगामी २०७४ साल फागुन ७ गते भित्र निर्वाचन गर्न नसके संविधान धरापमा पर्ने भएकोले सरकार चुनाव तर्फ केन्द्रीत भएको
शर्माको आमरण अनशनमा सरकारी चासो नहुनु आपत्तिजनक– डा.भट्टराई
१ फागुन ,धनुषा ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनकपुर विकासका लागी जनकपुर बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माले आमरण अनशन गर्दा समेत चासो नदेखाउनु आपत्तिजनक रहेको बताउनु भएको छ ।
आइतबार जनकपुरमा रामकुमार शर्मालाई अनशन स्थलमा भेट गर्न पुगेका भट्टराई पत्रकारहरु संग कुरा गर्दै
बैतडी साना सहरी खानेपानी आयोजना चार बर्ष बित्दा समेत पुरा भएन्
१ फागुन ,बैतडी ।
डेढ बर्षभित्र सदरमुकामका घरघरमा खानेपानी पुर्याउने लक्ष्य सहित सुरु भएको बैतडी साना सहरी खानेपानी आयोजना चार बर्ष बित्दा समेत पुरा हुन सकेको छैन । दशरथचन्द नगरपालिकाका ६ वडाका ९ सय ८१ घर लक्षित उक्त आयोजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित अक्टुबर ०१३ मा सुरु भएको थियो । ४० महिना बित्दा समेत
एमाले नेता नेपालको चेतावनी, निर्वाचन गर्न नसके सरकार परिवर्तन
१ फाल्गुन, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन गराउन नसके वर्तमान सरकार बिस्थापित गरेर नयाँ गठबन्धन बनाउनुपर्ने बताउनुभएको छ ।
सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्वको आदेश
१ फाल्गुन, काठमाडौं । सर्वोच्व अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
गण्डक पीडितको समस्या छिट्टै समाधान हुन्छ–परराष्ट्रमन्त्री
२७,माघ, नवलपरासी ।
परराष्ट्रमन्त्री प्रकाश शरण महतले नवलपरासीमा रहेको गण्डक पीडितको समस्या छिट्टै दिर्घकालीन रुपमा समाधान हुने बताउनु भएको छ । गण्डक नदी नियन्त्रण समिति नवलपरासीले आयोजना गरेको अन्तर्राष्ट्रिय जलपद यात्राको बिहीबार शुभारम्भ गर्दै परराष्ट्रमन्त्री महतले भर्खर भएको मन्त्रिपरिषद् बैठकवाट सहमति गरी भारतसँग को डि पि आर समझौताले गण्डक पिडितको समस्या संधैका लागि समाप्त हुने बताउनु भएको हो ।
नापी कार्यालय धनुषामा सेवाग्राही कुटिए
२७,माघ ,नवलपरासी ।
नापी कार्यालय धनुषामा कामका लागि पुगेका एक सेवाग्रही कार्यालय प्रमुख सहित कर्मचारीवाट कुटिएका छन् । जिल्ला नापी कार्यालय धनुषामा नक्साका लागी पुगेका जनकपुर उपमहानगरपालिका १२ का ललनप्रसाद साहलाई कर्मचारीहरुले काममा आलटाल गरेपछि विवाद उत्पन्न भएको थियो । साहको उपचार जनकपुर अञ्चल
कञ्चनपुरका बृद्धबृद्धालाई खाद्यान्न र फलफुल वितरण
२७ माघ, कञ्चनपुर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले आफ्नो स्थापना दिवसका अवसरमा कञ्चनपुरका बृद्धबृद्धालाई खाद्यान्न र फलफुल वितरण गरेको छ । २६ औं अख्तियार दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले बिहीबार जिल्लाका दुई बृद्धसेवा केन्द्रमा बस्ने
धादिङका भुकम्प पिडितलाई दोश्रो किस्ता नपाँउदा घर निर्माणमा समस्या
२७, माघ,धादिङ । सरकारले पहिलो किस्ताको रकम उपलव्ध गराए सँगै घर निर्माणमा जुटेका धादिङका भुकम्प पिडितहरु दोश्रो किस्ता समयमा नै उपलव्ध नहुँदा घर निर्माणको कार्य अधुरो नै राख्न पर्ने हो कि भन्ने चिन्तामा परेका छन् । सरकारले दिएको अनुदान रकमको पहिलो किस्ता पाए पछि भुकम्प प्रतिरोधी घर निर्माणमा जुटेका उनिहरु दोश्रो किस्ताको बारेमा अन्यौल हँुदा घर सम्पन्न गर्न सकिदैन कि भन्ने चिन्तामा छन् ।
लामो समय कुरेर पहिलो किस्ता रकम पाए पछि स्थानियहरु घरको पुननिर्माण गर्ने काम सूरु गरेको भएपनि दोश्रो किस्ताको अन्यौलता र घर बनाउन आवश्यक पर्ने निमाृण सामाग्री सहज सँग नपाइदा भने निर्माण कार्य विचैमा रोक्नु पर्नेहो कि भन्ने चिन्ताले स्थानियलाइ सताएके छ । धादिङमा पहिलो किस्ता पाएक ५२ हजार ९ सय ४२ जना मध्ए ५५ सयले घर निर्माण थालेका छन् ।
हिमालयन शेर्पालाई हराउँदै त्रिभूवन आर्मी आठौं सिमरा गोल्डकपको फाईनलमा
श्याम गुप्ता
२७ माघ,बारा ।
हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभूवन आर्मी क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । बाराको सिमरा रंगशालामा बिहिवार भएको दोस्रो सेमिफाईनल खेलमा शेर्पाविरुद्ध २–१ को जित निकाल्दै आर्मी अन्तिम दुईमा प्रवेश गरेको हो । आर्मीका लागी एक गोल टंक बस्नेतले गरेका थिए भने एक गोल आत्मघाती
पद्मा मिडिया नेटवर्कको विशेष कार्याशाला सम्पन्न
२५ माघ, चितवन । श्रव्य दृष्य माध्यममा काम गर्ने संचारकर्मीहरुको क्षमता अभिबृद्धी र व्यसायिक पत्रकारिताको विकासका लागि चितवनको भरतपुरमा आयोजित विशेष प्रशिक्षण र कार्यशाला मंगलबार सम्पन्न भएको छ । माउन्टेन टेलिभिजन, भक्तिदर्शन ईन्टरनेशनल टेलिभिजन र विजनेश प्लस गरी तीन वटा टेलिभिजनमा आवद्ध संचारकर्मीहरुको सहभागिता रहेको थियो ।




