हिमपातले अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध, जनजीवन कष्टकर | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

हिमपातले अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध, जनजीवन कष्टकर

सिमकोट । बुधबार बिहानदेखि हुम्लामा भारी हिमपात हुँदा हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध भएको छ ।

नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका तारा, सिता, समिटए एयरको उडान प्रभावित भएको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, तरकारी, बजार व्यवसायीहरुको सामाग्री ढुवानी नसकेको हो ।

भारी हिमपातले सात गाउँपालिका रहेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट सहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ । बुधबार बिहानदेखि लगातार परेको हिमपातले हुम्ला जिल्लाका डाँडाकाडा सेताम्या भएको छ । 

उत्तरी नाम्खाको जनजीवन प्रभावित
हिमाली जिल्लाको हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको जनजिवन प्रभाबित मात्र नभई पशु चरी चराउनमा समेत समस्या भएको छ । लिमी,मुचु यारीका स्थानीय वासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ ।

नाम्खा गाउँपालिकाको लिमि, मुचु, लगायतका क्षेत्रमा ४ फिट हिउँ जमेको यारीका स्थानीय सुनाम तामाङले बताए ।

मुचुका खोलामा पानी जमेको छ । ‘नाम्खा गाउँ बाटो घाटो सबैतिरको पानी समेत जमेर पूरै ठोस भएको छ । जाडेले घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा जमेका छन्’ तामाङले भने ।

बुधबार बिहनदेखि निरन्तर रुपमा परेको हिमपातले हुम्ला जिल्ला सदरमुककाम सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ । तापक्रम तापक्रम माइनस १२ डिग्री भन्दा तल झरेको छ । अत्याधिक चिसो र हिमपात भैरहेका कारण बिहानै देखि चहलपहल हुने गाउँहरु समेत सुनसान जस्तै देखिएका छन् । निरन्तर रुपमा हिउँसँगैको अत्याधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको हुम्लाका सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । 

सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी बुधबार दिनभर काम गर्न थप समस्या बनाएको छ । जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राही भीड आज नभए पनि हिमपात र चिसोले काम गर्न समस्या भएको कर्मचारीहरुले बताए । 

व्यवसया सञ्चालन आगोको साहारा
सिमकोटमा रहेका व्यवसायीहरुले आगोको साहारामा व्यवसाय सञ्चालन गरिरहेका छन् । आगो ताप्दै पसल व्यवसाय गरिरहेको व्यवसायी रतन सुनारले बताए। पसलहरुमा ग्राहकहरु कम उपस्थित भएपनि शरिरलाई न्यानो बनाई राख्नका लागि आगोको सहायताले दिन कटाएका सुनारले बताए ।

पानी र हिमपातसँगै हुम्ला जिल्ला भरीको सबै सामुदायिक तथा निजी विद्यालय बुधबार दिन बन्द रहे । गएरातिदेखि परेको हिमपातले स-साना बालबालिका विद्यालय जान नसक्नुका साथै ठूला बालबालिका विद्यालय पुग्न सकेपनि चिसोले समस्या बनाएपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो । सिमकोटमा रहेका सामुदायिक विद्यालयहरुमा यतिबेला अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);