चार दिनदेखि हवाई सेवा ठप्प | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

चार दिनदेखि हवाई सेवा ठप्प

hawai sewa thappa

हुम्ला, १२ माघ । हुम्लामा शुक्रबार पुनः हिमपात भएपछि यहाँको हवार्ई सेवा अवरुद्ध भएको छ। हिमपातका कारण तीन दिनदेखि अवरुद्ध हवाई सेवा शुक्रबार चौथो दिन पनि अवरुद्ध बनेको हो। नेपालगन्ज र सुर्खेतदेखि सिमकोट विमानस्थलमा दैनिक उडान हुने गर्छ।

सिमकोट नागरिक उड्डयन कार्यालयको गाडीले विमानस्थलको धावनमार्गमा जमेको हिउँ बिहीबार घाम लागेकाले फाल्न सुरु गरेको थियो। तर हिउँ धेरै बाक्लो भएका कारण पहिलो दिन सय मिटर मात्र पन्छाउन सकिएको थियो। दोस्रो दिन शुक्रबार सिमकोट गाउँपालिकाका अध्यक्ष पदम लामाको नेतृत्वमा सुरक्षाकर्मी, स्थानीय र कर्मचारीहरूले बिहानैदेखि हिउँ फाल्न सुरु गरे पनि दिउँसो पुनः हिमपात भएपछि विमानस्थल जस्ताको तस्तै बनेको छ।

सोमबार रातिदेखिको हिमपातले यातायातको एक मात्रै साधनका रूपमा रहेको हवाई सेवा बन्द हुँदा जनजीवन प्रभावित बनेको छ। हवाई सेवा रोकिएकाले हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै निर्माण सामग्रीहरू नेपालगन्ज र सुर्खेतमै रोकिएका छन्। लगातारको हवाई सेवा बन्दले जिल्लाबाट नेपालगन्ज र सुर्खेत जाने र हुम्ला आउने यात्रुहरू अलपत्र परेका छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);