महोत्तरीमा पुसभित्र ६६ प्रतिशतलाई कोभिड खोप लगाउने लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

महोत्तरीमा पुसभित्र ६६ प्रतिशतलाई कोभिड खोप लगाउने लक्ष्य

महोत्तरी । महोत्तरीको जलेश्वर र बर्दिबासमा काेभिड-१९ विरुद्धकाे खाेप दैनिक रुपमा सञ्चालनमा ल्याइएको छ । सार्वजनिक विदाको दिनबाहेक हरेक दिन खाेप केन्द्रमा खोप कार्यक्रम सञ्चालन भइरहेकाे जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख भोला यादवका अनुसार कोरोना खोपकाे पहुँचका लागि नयाँ रणनीति बनेको छ । २१ पुसदेखि १५ वटै पालिकाका हरेक टोलमा पुगेर खोप लगाउने र प्रचारप्रसारलाई समेत अगाडि बढाइने उनले बताए ।

पुसभित्र जिल्लाका ६६ प्रतिशत नागरिकमामा खोप लगाइसक्ने स्वास्थ्य कार्यालयको लक्ष्य छ । अहिलेसम्म जिल्लाकाे कुल जनसंख्याको ५४ प्रतिशतमा मात्र पहिलो डोज खोप लगाइएको र ३३ प्रतिशतले पहिलो र दोस्राे डोज खोप लिएको स्वास्थ्य कार्यालयकाे तथ्यांक छ ।

खोप नै लगाउन नपाएका मुसहर समुदायका लागिसमेत लक्षित गरी खोप अभियान तीब्र बनाइने उनले बताए । १२ -१७ वर्ष उमेरका बालबालिकाका लागि लक्षित खोप झण्डै ६७ प्रतिशतले लगाइसकेका छन् भने छिटफुट भएका ठाउँमा पुन: खोप अभियान चलाउने प्रमुख यादवले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);