बाजुरामा पहिलो डोज लगाएका १२ हजार बढीले दोस्रो डोज लगाएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बाजुरामा पहिलो डोज लगाएका १२ हजार बढीले दोस्रो डोज लगाएनन्

बाजुरा । बाजुरामा कोरोनाविरुद्धको पहिलो डोज खाेप लगाएका १२ हजारभन्दा बढीले दोस्रो डोज खाेप नलगाएको पाइएको छ । विभिन्न चरणमा गरी पहिलो मात्रा लगाएका १२ हजार ४६९ जनाले  दोस्राे मात्रा नलगाएकाे जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

बाजुरामा भेरोसेल, कोभिसिल्ड र जोन्सन एन्ड जोन्सन गरी तीन प्रकारको खोप सञ्चालन भइरहेको थियो । बाजुराका नाैवटै स्थानीय तहबाट भेरोसेल र कोभिसिल्ड गरी ५५ हजार २६२ जनाले पहिलो मात्राको खोप लगाएका थिए । ३८ हजार ५९० जनाले भेरोसेल र १६ हजार ६७२ जनाले कोभिसिल्डकाे पहिलो मात्राको खोप लगाएका स्वास्थ्यकर्मीले बताएका छन ।

तीमध्ये दोस्राे चरणमा २९ हजार २६१ जनाले भेरोसेल र १३ हजार ७३२ जनाले कोभिसिल्ड गरी ४२ हजार ९९३ जनाले मात्र खाेपकाे दोस्राे मात्रा लगाएकाे जिल्ला स्वास्थ्य कार्यालयका खोप शाखाका अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए । १२ हजार २६९ जनाले दोस्राे मात्राको खोप नलगाएकाे उनले बताए ।

बाजुरामा १८ वर्षमाथिका ९९ हजार ६२ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा पाँच हजार ९७८ जनाले जोन्सन एन्ड जोन्सन र ४२ हजार ९९३ जनाले भेरोसेल र कोभिसिल्डको पूर्ण खोप लगाएका न्यौपानेले बताए । 

जिल्लाका उत्तरी क्षेत्रका चारवटा पालिकालाई पायक पर्ने गरी कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र, दक्षिणी क्षेत्रका पालिकाहरूलाई पायक पर्ने गरी टाँटे स्वास्थ्य चौकी र अन्य पालिकालाई पायक पर्ने गरी जनस्वास्थ्य प्रवर्द्धन एकाइबाट कोरोनाविरुद्धको खोप लगाइँदै आएकाे छ । विभिन्न चरणमा जिल्लाका नौवटै पालिकाका स्वास्थ्य चौकीदेखि लिएर टोलटोलसम्म गरी ८४ वटा खोपकेन्द्रबाट खोप अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);