आजदेखि देशभर कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

आजदेखि देशभर कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

काठमाडाैं । कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि लगाइँदै छ ।

गत असार २९ गतेदेखि भेरोसेलको पहिलोमात्रा लगाएकालाई आजदेखि दोस्रो खोप दिन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन सकिने छ ।

दोस्रो डोज खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड र सम्भव भएमा यसअघि वेबसाइटमा दर्ता गरेको नम्बर चाहिने विभागले जनाएको छ । अहिलेसम्म खोप नलगाएकाहरुले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अनिवार्य नाम दर्ता गर्न सरकारले यसअघि नै भनिसकेको छ ।

यस्तै आउँदो २५ देखि ३२ गतेसम्म सरकारले खोप सप्ताह मनाउने भएको छ । खोप सप्ताहमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख गरी ११ लाख डोज खोप लगाउने तयारी छ ।

नेपालमा अहिले सम्म ४३ लाख ५९ हजार २ सय ७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार नौ सय जनाले पूर्ण खोप लगाएका छन् । नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);