यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेकाले पनि खोप लगाउन सक्ने (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेकाले पनि खोप लगाउन सक्ने (भिडियो सहित)

काठमाडौं । सरकारले आजदेखि कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउदै छ । हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहकालाई लगाउन सुरु गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारदेखि ११ दिनसम्म कोरोना विरूद्ध भेरोसेल खोप लगाइनेछ। आजदेखि असोज १४ गतेसम्म पहिलो मात्रामा खोप लगाउन लागिएको मन्त्रालयको भनाइ छ ।

अहिलो मात्रामा भेरोसेल खोप लगाउनेलाई कात्तिक ४ गतेदेखि १४ गतेभित्र दोस्रो मात्रामा भेरोसेल खोप नै लगाउन पाइन्छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउनेछन् ।

यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेका मानिसले यसपालि खोप लगाउन सक्ने पनि मन्त्रालयले जानकारी दिएको छ । सरकारले बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्ष उमेरमाथिकालाई पनि खोप लगाउने भएको छ ।

साथै १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइनेछ । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला, रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिने सरकारको तयारी छ। विभिन्न ५८ जिल्लामा ४५ वर्ष उमेर समूहमाथिका मानिसले खोप लगाउन पाउनेछन् ।

विद्यार्थीहरूलाई पनि खोप लगाउन सरकारले प्राथमिकतामा राखेको छ । मनाङ, मुस्ताङलगायत जिल्लामा भने सरकारले कोरोनाविरूद्ध खोप लगाइसकेको छ । पहिलो मात्रामा भेरोसेल खोप लगाइसकेका काठमाडौंका मानिसलाई आजदेखि तीन दिनसम्म दोस्रो मात्रामा खोप लगाइनेछ । पहिलो मात्रामा करिब दुई लाख ४० हजारले भेसोसेल खोप लगाए पनि दोस्रो मात्राको खोप लगाउन पाएका थिएनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);