धनतेरसका लागि राष्ट्र बैंकले बेच्न थाल्यो सुन र चाँदीका सिक्का | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १९ २०८३, बिहीबार

धनतेरसका लागि राष्ट्र बैंकले बेच्न थाल्यो सुन र चाँदीका सिक्का

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले तिहारको धनतेरसलाई लक्षित गर्दै बिहीवारदेखि सुन र चाँदीका सिक्का विक्री शुरु गरेको छ ।राष्ट्र बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट असर्फी र चाँदीका सिक्का विक्री शुरु गरेको हो । धनतेरसमा सुनका असर्फीको माग बढी हुने भएकाले सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार सर्वसाधारणले प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्रामका एक–एक थान असर्फी खरिद गर्न सक्नेछन् । सुनको प्रचलित बजार मूल्यमा निर्माण लागत जोडेर असर्फीको मूल्य निर्धारण गरिएको छ । व्यक्तिगत खरिदकर्ताका लागि सुनको बजार मूल्यमा प्रतिग्राम २०० रुपैयाँ थप गरी दैनिक मूल्य तय गरिने राष्ट्र बैंकले जनाएको छ । यस्तै, संस्थागत खरिदकर्ताका लागि प्रतिग्राम ३०० रुपैयाँ थप गरी मूल्य निर्धारण गरिएको छ । असर्फी व्यक्ति तथा संस्थाले खरिद गर्नसक्ने व्यवस्था गरिएको छ । धनतेरसका अवसरमा सुन र चाँदीका सिक्का खरिद गर्न बबरमहलस्थित टक्सार विभागमा सर्वसाधारणको बाक्लो भीड लागेको छ । सिक्का खरिदका लागि बिहानैदेखि लामो समय लाइनमा बसेर सर्वसाधारणले सुन तथा चाँदीका सिक्का खरिद गरिरहेका छन् । धनतेरसमा सुनचाँदीका सामग्री तथा सिक्का खरिद गर्नुलाई शुभ र समृद्धिको प्रतीकका रूपमा लिने धार्मिक तथा सांस्कृतिक मान्यता छ ।

Leave a Reply