आजदेखि सुनचाँदीका असर्फी बिक्रि खुल्ला | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

आजदेखि सुनचाँदीका असर्फी बिक्रि खुल्ला

काठमाडौं, १९ कात्तिक । आजदेखि सर्वसाधारण उपभोक्ताका लागि सुनचाँदीका असर्फी बिक्रि खुल्ला भएको छ । नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनचाँदीको असर्फी,सिक्का लगायत बिक्रि शुरु गरेको हो ।

आजदेखि उपभोक्ताले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सिक्का खरिद गर्न सक्नेछन् । चाँदीको २५ ग्राम,१०/१० ग्रामका गाई,लक्ष्मी र गणेश अंकित सिक्का केन्द्रीय बैंकले बिक्रिमा राखेको छ ।

१० ग्राम सुनको सिक्काको बजार मुल्य १ लाख २ हजार ३६५ रुपैयाँ तोकिएको छ भने ५ ग्राम र २.५ ग्राम सुनको सिक्काको क्रमशः ५१ हजार ३८३ रुपैयाँ र २५ हजार ५९२ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको सिक्काको २५ ग्रामको ४ हजार रुपैयाँ र १० ग्रामको १ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);