तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार तीन सय रुपैयाँ कायम भएकोमा मंगलबार तीन सय रुपैयाँले घटेर ८९ हजार रुपैयाँ कायम भएको हो ।

म‌गलबार  छापावाल सुन प्रति १० ग्रामको मूल्य ७६ हजार तीन सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८८ हजार पाँच सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७५ हजार नाै सय २० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

मंगलबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार एक सय ५५ रुपैयाँ कायम भएको छ । साेमबार एक हजार एक सय ६० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदी प्रति १० ग्राम चाँदीको मूल्य नौ सय ९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);