गण्डकी प्रदेशका नागरिकको आम्दानी एक हजार ५२ अमेरिकी डलर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गण्डकी प्रदेशका नागरिकको आम्दानी एक हजार ५२ अमेरिकी डलर

पोखरा । गण्डकी प्रदेशमा हाल १४ प्रतिशत निरपेक्ष गरिबी छ । २५ लाख जनसंख्या रहेको यहाँ दुई लाख नागरिक गरिबीको रेखामुनि छन् ।

यहाँका नागरिकको औसत आम्दानी प्रतिवर्ष एक हजार ५२ अमेरिकी डलर छ । गरिबीको रेखामुनि रहेका नागरिकलाई कम्तीमा दैनिक दुई सय रुपैयाँ आम्दानी गर्न युएनडीपीले सहयोग गर्ने बचन दिएको छ । 

सोमबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले प्रदेश सरकारसँगको साझेदारमा उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्ने बताइन् ।

सन् २०३० सम्म सबै नागरिकलाई गरिबीको रेखामुनिबाट उकास्नै पर्ने बाध्यता सरकारसँग छ । मानव विकास सूचकांकमा गण्डकीको अवस्था सन्तोषजनक रहे पनि खुसी हुनुपर्ने अवस्था भने छैन । 

मुख्यमन्त्री पोखरेलले युएनडिपीको भौतिक उपस्थिति गण्डकीलाई आवश्यक रहेको बताए । ‘गण्डकी प्रदेशमा सम्भव भए रिजनल अफिस नभए फिल्ड अफिस स्थापना हुनुपर्छ । मैले त्यो अपेक्षा गरेको छु,’ उनले भने, ‘त्यसका लागि डिआरआरसँग अनुरोध गर्दछु । यहीँ कार्यालय बन्यो भने काम गर्न सजिलो हुन्छ ।’ युनएनडीपीले गण्डकीको पर्यटकीय विकास परियोजनामा सहयोग गर्ने जनाएको छ ।

युएनडिपीको सहयोगमा वालिङ नगरपालिकामा सञ्चालित उद्यम विकास कार्यक्रम प्रभावकारी बनेको छ । यो अभ्यास अन्य जिल्लामा पनि विस्तार गर्न पोखरेलले आग्रह गरे । सरकारले प्रदेशमा पहिलो पटक लगानी सम्मेलन आयोजना गर्दैछ । आवासीय प्रतिनिधि लाबेले गण्डकी प्रदेशले लगानी सम्मेलनले प्रदेशभित्र लगानीको ढोका खुल्ने र त्यो कार्यक्रममा युएनडीपी प्रत्यक्ष जोडिन चाहेको बताइन् । उनले मोरक्को, इजिप्ट र अल्जेरियाका असल अभ्यास गण्डकीले अनुशरण गर्न सक्ने सुझाव दिइन् ।

पर्यटन प्रबद्र्धन, नवप्रवर्तन, फोहोर व्यवस्थापन, संसद सहयोग कार्यक्रम, निर्वाचन सहायता परियोजनामा युनिडिपीले सघाउँदै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);