आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, १९ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, १९ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि

काठमाडौं, १ कार्तिक । आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, नेपालमा पनि बिविध कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९९२ देखि हरेक वर्ष अक्टोबर १७ मा यो दिवस विश्वभर मनाउन थालिएको दिवस यो वर्ष सबैका लागि सामाजिक र वातावरणीय न्याय हासिल गर्न सहकार्य भन्ने नाराका साथ मनाउन लागिएको हो ।

सन् २०३० सम्म विश्वव्यापी रुपमा दिगो विकासको लक्ष्य राखिएको छ । नेपालको झण्डै १९ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको छ । गरिब पहिचान कार्यक्रम अन्तर्गत २६ जिल्लाका झण्डै ४ लाख गरिब परिवार पहिचान भएको र अहिले २३ जिल्लामा पहिचानको काम भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट समृद्धितर्फ र विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकाक्षा पूरा गर्न दिवसले उत्प्रेरणा प्रदान गर्ने बताउनु भएको छ ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पनि कोरोना महामारीले गरिबीको दुष्चक्र झनै बढाएको भन्दै गरिबी घटाउन अझ धेरै प्रयासहरु आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);