आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

काठमाडाैं । गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्दै चरम गरिबीविरुद्ध एकजुट भएर लड्न विश्वभर विभित कार्यक्रम गरी मनाईदै छ ।

संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिकहरु गरिब हुन् भनि व्याख्या गरेको छ । दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ । नेपाल सरकारले पनि यसका लागि थुप्रै कार्यक्रमहरू संचालन गरेको छ ।

नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा स्थानीय तहमा अर्बौ रुपैयाँका फरक–फरक कार्यक्रमहरू संचालन भइरहेका छन् । तर, अपेक्षाकृत रुपमा भने गरिबी घट्न सकेको छैन ।

सन् १९९६ मा नेपालको जनसंख्याको करिब ४२ प्रतिशत गरीब रहेकोमा २०१९ मा १८ दशमलव ७ प्रतिशतमा झरेको देखिन्छ । सन् १९९३ देखि अक्टोबर १७ मा हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);