गोर्खा केन्द्रविन्दु भएर आइतबार बिहानै ४.३ म्याग्निच्युगको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

गोर्खा केन्द्रविन्दु भएर आइतबार बिहानै ४.३ म्याग्निच्युगको भूकम्प

गोरखा । गोरखा केन्द्रविन्दु भएर आइतबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो । केन्द्रका अनुसार असोज महिनामा मात्रै ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

जसमा सिन्धुपाल्चोक केन्द्रविन्दू भएरमात्रै ४ पटक भूकम्प गएको छ । सिन्धुपाल्चोकमा पछिल्लोपटक असोज १६ गते एकैदिन १५ मिनेटको फरकमा दुईपटक भूकम्प गएको थियो । केन्द्रका अनुसार असोज १६ गते बेलुका ७ बजेर ५८ मिनेटमा ४.६ र ८ बजेर १३ मिनेटमा ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

त्यस्तै असोज ९ गते सिन्धुपाल्चोकमै अपरान्ह १२ बजेर १२ मिनेट जाँदा ४.५ र १५ गते अपरान्ह १२ बजेर ५४ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो । असोज ४ गते दिउँसो ४ बजेर ३० मिनेट जाँदा दार्चुलाको खार केन्द्रविन्दू भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);