भारतविरोधी राष्ट्रवादको युग अन्त्य भयो भन्ने अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८३, मंगलबार

भारतविरोधी राष्ट्रवादको युग अन्त्य भयो भन्ने अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
काठमाडौंमा काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल-चाइना फ्राइन्डसीप फोरमले आयोजना गरेको सेमिनारमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले सरकारको नेतृत्व गरिरहेकाहरुले कुनै दिन चीन गएर चीनसँगको सुमधुर सम्बन्ध राष्ट्रवादको एक आधार हो भन्ने युगको अन्त्य भयो भन्ने हुन् कि भन्ने डर लागिरेहको टिप्पणी गर्नुभयो । उहाँले नेपालले चीन र भारत दुवै छिमेकी मुलुकसँग समान र सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रको आन्तरिक सुशासनबिना राज्य र समाजमा सुशासन कायम गर्न नसकिने समेत उल्लेख गर्नुभयो । मुलुकमा सुशासन कायम नगरी गरिबी उन्मूलन, नयाँ विकास मोडेलको कार्यान्वयन र समाजवाद निर्माण सम्भव नरहेको उहाँको दाबी छ । उहाँले चीन र भारत दुवैसँगको सम्बन्धमा कुनै प्रकारको हेलचेक्र्याइँ, गैरजिम्मेवारी र हीनताबोध प्रदर्शन गर्न नहुने समेत बताउनु भयो । नेता श्रेष्ठले वर्तमान सरकारले नेपालको स्वतन्त्र र असल परराष्ट्र नीतिलाई निरन्तरता दिनुपर्ने भएपनि त्यस दिशामा अघि बढिरहेको नदेखिएको समेत बताउनु भयो ।

उहाँले नेपालको राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा नै परराष्ट्र नीतिको प्रमुख आधार हुनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार