प्रधानमन्त्रीका कारण नेपालमा बाह्य हस्तक्षेप बढ्ने खतरा : नारायणकाजी श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

प्रधानमन्त्रीका कारण नेपालमा बाह्य हस्तक्षेप बढ्ने खतरा : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण विदेशी हस्तक्षेप बढ्ने खतरा भएको बताएका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेता श्रेष्ठले प्रधानमन्त्रीकै कारण नेपालमा बाह्य हस्तक्षेप बढ्ने खतरा रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले बिदेशीको मिलेमत्वमा संविधान र लोकतन्त्रमाथि हमला गरेको भन्दै उनले प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनताको विषयमा गम्भीर धोका दिएको आरोप लगाए । प्रधानमन्त्री ओलीको जून खाले राष्ट्रवादको नारा थियो केवाले त्यो भ्रम छर्ने काम भएको भन्दै उनले अहिले आएर प्रधामन्त्री कुनै विदेशीसामु आत्मसमर्पण गर्न पुगको आरोप लगाए ।

अतिक्रमित भूभाग, ईपीजीको प्रतिवेदन वार्ताको विषय नबनेको तथा एकपछि अर्को गरेर आन्तरिक मामिलामा भएको हस्तक्षेपको प्रतिवाद नगरेको भन्दै बर्तमान सरकारप्रति आक्रोस व्यक्त गरेका छन् । त्यस्तै उनले राष्ट्रियसभाका अध्यक्षको भूमिकाप्रति पनि असन्तुष्ट व्यक्त गरेका छन् । राष्ट्रियसभाको अधिवेशनलाई छिटो अन्त्य गर्नेतिर भन्दा पनि संविधान रक्षा गर्ने ध्यान केन्द्रीत गर्न सभाका अध्यक्षलाई आग्रह गरेका छन् ।

राष्ट्रियसभाको अभिभावकको भूमिकामा रहेको व्यक्तिले कुनै गुट वा उपगुट भन्दा माथि रहेर काम गर्नु उहाँका दायीत्व रहेको भन्दै उनले केपी ओलीलाई सहयोग गर्ने भूमिकाबाट मात्र आफूलाई सोच्नुहुने छैन भन्ने आशा रहेको बताए । राष्ट्रिसभाका अध्यक्षको भूमिका हेर्दा कता कता प्रतिगमनको छिटा सदनमा समेत देखा परेको उनको ठम्याई रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);