प्रधानमन्त्री केपी ओलीले सत्ता टिकाउन अझैं षड्यन्त्रका गोटी चाल्ने खतराः प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रधानमन्त्री केपी ओलीले सत्ता टिकाउन अझैं षड्यन्त्रका गोटी चाल्ने खतराः प्रचण्ड

oli prachanda

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताएका छन् ।सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँग गरेको अन्र्तक्रियामा बोल्दै अध्यक्ष दाहालले अदालतको निर्णयमाथि प्रभाव पार्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाएका हुन् ।

उनले सत्ताकेन्द्रीत भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफुले पाएको दाबी समेत गरेका छन् । प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउने, तर्साउने र कुनै न कुनै बहनामा अदालतलाई आफ्नो हातमा लिन खोजेको आरोप लगाए । प्रधानमन्त्री ओलीले हारेको अनुभुत आफुले गरेको भन्दै दाहालले नेपालको इतिहासमा प्रधानमन्त्री ओली सबैभन्दा कलंकित र बेइमान भएर जाने जिकिर गरेका छन् ।

उनले भने, ‘केपी जी अब सिद्धिनुभयो र नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम प्रधानमन्त्रीको ?पमा, सबभन्दा निरंकुशको पनि तुच्छस्तरको निरंकुश, झुठ, बेइमानबाहेक केहि नजान्ने निरंकुश शैलीमा नेपाली इतिहासमा बदनाम भएर जाने हुनुभयो । मलाई त कहिलेकाहीँ केपी जीलाई यसो सम्झिदाखेरी पनि कठै विचरा भन्नपनि मन लाग्छ । चौध वर्ष जेल पनि बस्या हो हुँदो रहेनछ नि त दृष्टिकोण र प्रवृत्ति नभएपछि त जेल बसेर पनि के हुँदो रहेछ र त्यसकारण उहाँ चाहीँ ओरालो लागेकै मैले बुझ्छु ।

उनले ढिलै भएपनि प्रतिनिधिसभा पुर्नस्थापना हुने र सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने पनि दाबी गरे । तथ्य, तर्क र प्रमाणले पुर्नस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ नभएको उनको तर्क थियो। पुर्नस्थापनाले मात्रै समस्याको समाधान नहुने भन्दै अध्यक्ष प्रचण्डलेसरकारअवैधानिक र असंवैधानिक भएको भन्दै यस सरकारले गरेका सम्पूर्ण संवैधानिक निकायहरुमा गरेका नियुक्तीलाई गठबन्धनको सरकारले खारेज गर्ने समेत बताएका छन् ।

ओली सरकारले गरेको निर्णय खारेजी गरेर मान्यता स्थापित हुनेगरी पुर्ननियुक्ति गरिने बताएका छन् ।अध्यक्ष दाहालले सरकार कोभिड–१९ को महामारीबाट जनतालाई जोगाउन गम्भिर नरहेको भन्दै कमिसनको ध्यानमा लागेर कोभिडविरुद्धको खोप सरकारले ल्याउन नसकेको बताएका छन् । तर गठबन्धनको सरकारको पहिलो प्राथमिकता कोभिड–१९ र प्राकृतिक विप्पतबाट प्रताडित जनताहरुको उद्धार कार्यमा ध्यान केन्द्रीत हुने जिकिर गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);