काठमाडौँ ।
कपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हरेक पटक हिंसा, आगजनी र विध्वंशको बाटो रोजेर देश अघि बढ्न नसक्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै ज्ञवालीले राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हरेक पटक विध्वंशमा परिणत हुन नहुने बताउनुभएको हो । उहाँले विगतका शासक अयोग्य भए पनि त्यसको जवाफ हिंसा र विनाश हुन नसक्ने बताउनु भयो । राजनीतिक परिवर्तनका नाममा भएका आगजनी, तोडफोड र विध्वंशले देशलाई ठूलो क्षति पु¥याउने भन्दै उहाँले त्यस्ता घटनालाई कुनै पनि बहानामा उचित ठह¥याउन नमिल्ने बताउनु भयो ।
ज्ञवालीले संक्रमणकालीन न्याय प्रक्रियामा भएको ढिलाइ सत्य भएपनि त्यसलाई गत वर्ष भएका हिंसात्मक घटनाको औचित्य पुष्टि गर्ने आधार बनाउन नमिल्ने बताउनु भयो । कुनै व्यक्ति वा समूह अयोग्य भए त्यसलाई दण्डित गर्ने अन्य कानूनी उपाय रहेको उल्लेख गर्दै उहाँले विध्वंशले समाधान नदिने स्पष्ट पार्नुभयो । उहाँले शान्ति प्रक्रियाका क्रममा भएका घटनाको सत्य स्थापित गर्न तत्काल आयोग गठन गर्नुपर्नेमा पनि जोड दिनुभयो । न्यायको पाटोलाई सम्बोधन गर्दै द्वन्द्वकालीन घटनाको सत्य स्थापित गर्नु अहिलेको पहिलो आवश्यकता रहेको उहाँको भनाइ छ । नेपालको शान्ति प्रक्रिया राजनीतिक दलहरूको साझा एजेण्डा भएकाले नयाँ सरकारले पनि त्यसलाई साझा राष्ट्रिय मुद्दाका रूपमा ग्रहण गर्नुपर्ने उहाँकले बताउनु भयो ।




