गणेश र भैरवको छुट्टै निवासले जीवित सम्पदा संरक्षणमा टेवा पुग्छः डंगोल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८३, शनिबार

गणेश र भैरवको छुट्टै निवासले जीवित सम्पदा संरक्षणमा टेवा पुग्छः डंगोल

काठमाडौँ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले श्री गणेश र श्री भैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ । शनिवार हनुमानढोका दरबार क्षेत्रमा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै डंगोलले जीवित देवी कुमारीसँगै गणेश र भैरवका लागि पनि छुट्टै निवास आवश्यक रहेको बताउनुभएको हो । उहाँले इन्द्रजात्रालगायतका सांस्कृतिक पर्वमा जीवित देवीदेवताको रथयात्रा हुने भएकाले गणेश र भैरवको गरिमाअनुसारको निवास निर्माण महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । डंगोलले भवन निर्माणका लागि लामो प्रशासनिक प्रक्रिया पूरा गर्नुपरेको र पुरानो संरचना भत्काउनसमेत निकै प्रयास गर्नुपरेको बताउनु भयो ।

विभिन्न कालखण्डमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन भएपनि यस विषयलाई सरोकारवालाले निरन्तर उठाउँदै आएको उहाँको भनाइ छ । उहाँकाअनुसार नयाँ भवन निर्माणले जीवित सम्पदाको संरक्षणसँगै हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक गरिमा बढाउनेछ । उहाँले निर्माण कार्यलाई सम्पदामैत्री, बलियो र आकर्षक बनाउन स्थानीय तथा सरोकारवालाको सहयोग र सुझाव आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply