काजी अम्बरसिंह थापाले दस्तखत गरेको ऐतिहासिक सराङ्गकोट पौवा | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

काजी अम्बरसिंह थापाले दस्तखत गरेको ऐतिहासिक सराङ्गकोट पौवा

कास्की, १७ मंसिर । सराङ्गकोट क्षेत्रमा पानीको अभावका कारण तीर्थ यात्रुहरु बटुवाहरुलाई पानीको प्रबन्ध मिलाउन पौवाको निर्माण भएको थियो । वि.स. १८६९ सालमा काजी अम्बरसिंह थापाले दस्तखत गरेको प्रमाणित गर्दै गूठीयार श्री मानबहादुर थापा मगरको नाउमा सनद रहेको छ ।

पुरानो लगत किताब अनुसार यस पौवाको लम्बाई १५ हात,चौडाइ ८ हात गज,१ तले छानो भएको प्रष्ट छ इतिहास विद्का अनुसार २०१५ सालमा सराङ्गकोट जादाँ बाटामा पौवा हाल्ने काम त्यहाँका वासिन्दाले गरेको कुरा बताईएको छ । संरक्षणको अभावका कारण अहिले त्यस ठाँउमा मौलिक सम्पदा पौवा लोप भएको छ । सराङ्गकोट काला भैरवका पुजारी बिरबहादुर कुवँरले पौवा नजिकै भैरवको पर्बपूजामा रोटका लागि आगो भुम्रोमा पकाएर सो ठाँउ देखि माथि कोट भैरवलाई चढाउने गरेको बताएका थिए ।

सराङ्गकोट देउराली पाटन टोल बिकासका स्थानिय वासिन्दाका अनुसार सरोकारवालाहरुले यस्ता ऐतिहासिक महत्वका बस्तु संरक्षणमा ध्यान नदिँदा दिनानुदिन क्षय हुँदै गएका छन् र नेपाली परम्परालाई खिल्ली उडाउने काम भएको छ । ऐतिहासिक सम्पदा संरक्षण तथा पुर्नःनिर्माणमा स्थानीय सरकार र सरोकारवालाहरुले चासो दिनुपर्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);