नवराज विकसहित ६ जनाको हत्या मुद्दामा आजदेखि निरन्तर सुनुवाइ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

नवराज विकसहित ६ जनाको हत्या मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

काठमाडौं, १७ मंसिर । रुकुम पश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर तीन वर्षअघि नवराज विकसहित ६ जनाको हत्या भएको घटनाबारे सुनुवाई हुँदैछ ।

आजदेखि जिल्ला अदालत रुकुम पश्चिममा सुनुवाइ हुन लागेको हो । यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ ।

जिल्ला अदालत रुकुम पश्चिमको अनुसार आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि अदालतले फैसला सुनाउने छ ।

२०७७ जेठ १० गते जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवतीलाई बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्या भएको थियो ।

भाग्ने क्रममा १२ जना घाइते भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);