पार्टी पौवाबाट पठनपाठन शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

पार्टी पौवाबाट पठनपाठन शुरु

नवलपरासी, २० असोज । कतिपय विद्यालयहरुले विद्यालयमै विद्यार्थीलाई बोलाएर पढाउन थालेका छन् तर देवचुली नगरपालिकाको निणय अनुसार देवचुली नगरपालीका भित्र रहेको कुनै पनि विधालयहरु सञ्चलन गर्न नपाउने भनिएकाले देवचुली नगरपलिका कुनै पनि विधालयहरु सञ्चालन भएका छैनन् ।

त्यसैले देवचुली नगरपलिकाका विधालयहरुले पार्टी पौवा, चौतारो तथा घरघरमा गएर पढाउन थालेका छन् । कालिका मा वि का प्रधानाध्यापक रेशम कोरालाले देवचुलीमा सामाजिक दुरी तथा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार पठनपाठन शुरु गरेको बताउनुभयो ।

सम्भव भएसम्म वैकल्पिक शिक्षण सिकाई विधिबाट बालबालिकालाई शिक्षण सिकाई गर्ने, अनलाइन तथा भर्चुवल माध्यमबाट सम्भव नभएको भन्दै बालबालिकालाई पार्टी पौवा, चौतारो तथा घरघरमा गएर पढाउन शुरु गरेका हुन् । यता, सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएपछि कतिपय निजी विद्यालय तथा अंग्रेजी माध्यामका सरकारी विद्यालयले पनि मनपरी शूल्क अशुलेको गुनसो बढेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);