अनलाइन कक्षा कति सार्थक ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अनलाइन कक्षा कति सार्थक ? (भिडियोसहित)

online class

ज्योति पौडेल

काठमाडौं, १० जेठ । कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेको वेलामा विभिन्न शिक्षण संस्थाहरुले अनलाइन र भर्चुअल विधिवाट विद्यार्थिहरुलाइ पढाउन सुरु गरेका छन् ।

लकडाउनपछि शैक्षिक कार्यक्रम कहिलेदेखि शुरु गर्ने भन्ने विषयमा सरकार अलमल छ । सरकारले कुनै ठोस तालिका सार्वजनिक गर्न नसकेपनि अनलाइन कक्षा शुरु हुन थालेको छ । इन्टरनेटको पहुँच भएका स्थानमा अनलाइन कक्षा शुरु भएको छ ।

गएको चैत्र ५ भित्र वार्षिक परिक्षा सकिएपछि विद्यालय तहका विद्यार्थी यतिबेला घरमै छन् । लामो समय भैसक्दा पनि सरकारले शैक्षिक कार्यतालिका टुंगो लगाउन सकेको छैन । सरकारी अनिर्णयका कारण विद्यालय शिक्षा के हुने भन्ने अन्यौल छ । यद्यपी राजधानीका केही संस्थागत विद्यालयहरुले अनलाइन कक्षा शुरु गरेका छन् ।

राजधानीमा सामुदायीक तथा संस्थागत विद्यालय सयौ छन् । इन्टरनेट पहुँचका हिसाबले यी विद्यालयहरु सक्षम छन् । इन्टरनेटको पहँुच पनि भएकोले अनलाइन कक्षा संचालन गर्न संभव भएको हो । लामो समयदेखि विद्यालय कक्षाा बन्द भएपछि बालबालिकाको शैक्षिक भविष्य अन्यौल छ । यद्यपी अनलाईनमाध्यमबाट भएपनि केही विद्यालयहरुले पठन पाठन शुरु गरेका छन् । अनलाइनबाट भएपनि पठन पाठन हुँदा बालबालिकालाई केही राहत त मिलेको छ । तर कक्षा शिक्षण जस्तो प्रभावकारी नभएको बालबालिकाहरु बताउछन् ।

बन्दाबन्दीले शैक्षिक गतिविधि शुन्य छ । शुन्य हुँदा अभिभावकलाई पहिलो चिन्ता उनीहरुका सन्ततीको शिक्षा हो । सरकारले ठोस योजना पनि ल्याउन सकेको छैन । जसका कारण सन्ततीको शिक्षाको विषयमा चिन्तित रहेका अभिभावकलाई केही सन्तोष हुने आधार बनाएको छ अनलाइन शिक्षाले ।

नेपालमा इन्टरनेट सेवा महंगो छ । आर्थिक स्तर कमजोर भएकाका लागि महंगो अनलाइनले शिक्षा दिन त कठिन छ । सरकारले शैक्षिक कार्यक्रमको ठोस योजना नल्याउदा बालबालिकाको शैक्षिक भविष्य अनिश्चित जस्तै बनेको छ । यद्यपी केही विद्यालयले अनलाईनबाटै भएपनि पठनपाठन शुरु गरेका हुन् ।

कक्षाकोठामा पढ्दै र पढाउदै आएका विद्यार्थि र शिक्षकहरुलाई अब अनलाइन प्रविधिको उपयोगितामा उत्साहित गर्न त्यसबारे जानकारि दिनुपर्ने आवश्यकता छ । यसैगरि इन्टरनेटको सहज र सुलभ पँहुच तथा उपयुक्त पाठ्यसामाग्रिको निर्माणले मात्र आगामी दिनमा अनलाइन मार्फत गरिने पठनपाठनलाइ प्रभावकारि बनाउन सकिने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);