समाजवादी पार्टी युवा संघका जिल्ला अध्यक्ष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

समाजवादी पार्टी युवा संघका जिल्ला अध्यक्ष पक्राउ

pakrau

कपिलवस्तु, १० जेठ । जनता समाजवादी पार्टी युवा संघ कपिलवस्तुका जिल्ला अध्यक्ष मोहम्मद हई खानलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराका अनुसार खानले कोरोना पोजेटीभ देखिएका व्यक्तिलाई आइसोलेशनमा लाने क्रममा विरोध गरेको आरोपमा पक्राउ गरिएको बताउनु भयो । उनले शसस्त्र प्रहरी निरीक्षकलाई दुर्व्यवहार पनि गरेको प्रहरी उपरिक्षक जबराले बताउनु भयो ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवका अनुसार खानले क्वारेन्टाइनमा रहेकोलाई ब्यावस्थापन गर्न र छिटो आरडिटी वा पीसीआर परीक्षण गर्न माग गर्दा प्रहरीले नियन्त्रणमा लिइएको हो । अध्यक्ष यादवले खानलाई तत्काल रिहा नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।