लकडाउन उल्लंघन गर्ने ११० वटा सवारी साधन नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २१ २०८१, बुधवार

लकडाउन उल्लंघन गर्ने ११० वटा सवारी साधन नियन्त्रणमा

गुल्मी, १० जेठ  । गुल्मीमा लकडाउन अवधिमा उल्लंघन गर्ने १ सय १० वटा सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसका कारण चैत ११ गतेदेखि लागू गरिएको लकडाउन उल्लंघन गर्ने १ सय १० वटा सवारीसाधन जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी ८६ सवारीसाधनलाई कारबाही गरिएको तथा अन्यलाई सम्झाई बुझाई गरि छोडिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका कार्यालय प्रमुख राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

लकडाउन उल्लंघन गर्नेमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । ६७ वटा मोटरसाइकल कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले उल्लेख गरेको छ । त्यस्तै जिप तथा कार १२ वटा , ट्रक २ तथा ५ वटा ट्र्याक्टर रहेका छन् ।

जसबाट ५४ हजार ५ सय राजस्व जुटेको ट्राफिक प्रमुख श्रेष्ठले बताउनु भयो । त्यस्तै लकडाउनको अवधीभर गुल्मीमा दुई वटा सवारी साधन दुर्घटनामा परेका छन् भने एक जनाको ज्यान समेत गएको छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);