गत आर्थिक वर्षमा दाङमा ५६ हजार बढी सवारी साधन कारबाहीमा, ३ करोड बढी राजश्व संकलन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गत आर्थिक वर्षमा दाङमा ५६ हजार बढी सवारी साधन कारबाहीमा, ३ करोड बढी राजश्व संकलन

दाङ । दाङमा गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने ५६ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०७७÷ ०७८ मा जिल्लामा ट्राफिक नियम उल्लघंन गर्ने ५६ हजार ३ सय ८२ वटा सवारी साधन कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

ती मध्ये सबैभन्दा बढी १८ हजार ४ सय ७ वटा ट्रक, १८ हजार ३ सय ७६ वटा मोटरसाइकल, ५ हजार ९ सय २० वटा जिप कार, ४ हजार ६० वटा बस, ५ हजार ५ सय ५० वटा ट्रयाक्टर, ४ हजार ४ सय ३१ वटा टेम्पोलाई ट्राफिक नियम उल्लघंन गरेका कारण कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक थम्मन जिसीले बताए । उनका अनुसार उक्त कारबाहीबाट ३ करोड ३८ लाख ५३ हजार ५ सय राजश्व संकलन भएको छ ।

जिल्लामा सबै भन्दा बढी ओभरलोड बोक्ने सवारी साधनलाई कारबाही गरिएको थियो । जसमा १२ हजार ७ सय ८६ जना रहेका थिए । त्यस्तै, छतमा यात्रु बोक्ने १ हजार ५७ वटा, मादक पदार्थ सेवन गरी सवारी चलाउने ७ सय ३४ वटा , मोबाइल फोन प्रयोग गरी सवारी चलाउने ४ सय ६९ वटा , सिटबेल्ट प्रयोग नगर्ने २ सय ५२ वटा, प्रयोजन विपरीत ४ सय ८४ वटा, लेन अनुशासन २२ वटा, ओभरटेक ५ वटा र तीब्र गति रुपमा चलाएका २५ वटालाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्लामा गत आर्थिक वर्ष २०७७-७८ मा सवारी दुर्घटनामा परी ७७ जनाको मृत्यु भएको छ । विभिन्न २ सय १२ वटा दुर्घटनामा २ सय ८९ वटा सवारी साधन दुर्घटना हुँदा ६१ जना पुरुष र ६ जना महिला, १० जना बालबालिका गरी ७७ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी, उक्त दुर्घटनामा २ सय ३३ जना गम्भीर र १ सय ३९ जना सामान्य घाइते भएका थिए । ट्राफिक प्रहरीका अनुसार जिल्लामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् । १ सय ६६ वटा मोटरसाइकल, २९ वटा जिपकार, २१ वटा टेम्पो, १८ वटा बस, १६ वटा ट्रक र ट्यांकर, १४ वटा ट्याक्टर दुर्घटना भएको त्यस्तै, टिपर ६ वटा, माइक्रो २ वटा र अन्य १७ वटा सवारी दुर्घटना भएको प्रमुख जिसीले बताए ।

प्रमुख जिसीका अनुसार जिल्लामा सबैभन्दा धेरै तीब्र गतिका कारण सवारी दुर्घटना हुने गर्दछन् ।

गत आर्थिक वर्षमा तीब्र गतिका कारण १ सय ७२ वटा सवारी दुर्घटना भएका थिए । त्यस्तै चालकको लापरबाहीका कारण १९ वटा, यात्रुको गल्तीका कारण १ वटा, ओभरटेकका कारण १ वटा, यान्त्रिक समस्याका कारण ५ वटा, सडकको अवस्थाका कारण २ वटा र मौसमका कारण १ वटा दुर्घटना भएको र १ सय ३९ वटा सवारी साधनमा क्षति भएको समेत उनले बताए ।

ट्राफिक प्रहरीका अनुसार मध्यान्ह १२ बजेदेखि साँझ ६ बजे सम्म र साँझ ६ बजेदेखि राती १२ बजे सम्म सबैभन्दा बढी दुर्घटना हुने गरेका छन् । दाङ तराइका जिल्ला मध्य सबैभन्दा बढी दुर्घटना हुने जिल्ला भएको समेत उनले बताए ।

जिल्लामा हुने दुर्घटना मध्य करिब ७० प्रतिशत दुर्घटनाहरू तीब्र गतिका कारण हुने गरेको समेत उनको भनाइ छ । ‘ हाम्रो सडक एकदमै साँघुरो भएको अवस्था छ । सडकमा सवारी साधनको चापहरु दिन प्रति दिन बढीरहेको छ,‘ उनले भने,‘ हामीले सडकको अवस्था अनुसार सवारी साधन चलाउनु पर्छ । तर, यहाँ सडकको भन्दा सवारी साधनको अवस्था हेरेर ६० देखि १ सय सम्मको स्पीडमा सवारी कुदेका हुन्छन् । हाम्रो सडकको अवस्था हेर्दा ३०-३५ सम्मको मात्र छ । जसले गर्दा दुर्घटना बढी हुन्छ । ’

त्यस्तै उनले सडकको अवस्था अनुसार सवारी साधन चलाएमा दुर्घटना कमी हुने समेत बताए । तर, जिल्लामा पछिल्लो समय ट्राफिक व्यवस्था राम्रो भएका कारण दुर्घटना कम भएको समेत उनले बताए ।

त्यसैगरी कार्यालयका अनुसार जिल्लामा २०७४-०७५ सालमा २२४ सवारी साधन दुर्घटनामा ७९ जनाको मृत्यु भएको थियो । त्यस्तै २०७५÷०७६ मा २५१ वटा सवारी साधन दुर्घटना हुँदा १०४ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी २०७६-०७७ मा २५७ वटा सवारी साधन दुर्घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७४-७५ मा ३२ हजार ७ सय ९२ सवारी साधनलाई कारबाही गर्दा १ करोड ९५ लाख ६ हजार राजश्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०७५-७६ मा ३४ हजार ५ सय १० सवारी साधनलाई कारबाही गर्दा २ करोड १३ लाख ५ हजार र आर्थिक वर्ष २०७६÷७७ मा ३७ हजार ४ सय ६३ वटा सवारी साधनलाई कारबाही गर्दा २ करोड ३० लाख ७३ हजार ५ सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);