काभ्रेमा प्रेसर हर्न राख्ने १९४ टिपर कारवाहीमा, तीन लाख राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काभ्रेमा प्रेसर हर्न राख्ने १९४ टिपर कारवाहीमा, तीन लाख राजस्व संकलन

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला स्थित राजमार्ग भएर चल्ने विभिन्न किसिमका सवारी साधनहरुले जडान गरेको हर्न भन्दा बढी आफू खुशी प्रेसर हर्न राखेका एक सय ९४ टिपरलाई प्रहरीले कारबाही गरेको छ ।

राजमार्जमा र सहरी क्षेत्र, विद्यायल क्षेत्र, अस्पताल लगायतका क्षेत्रहरुमा अनावश्यक रुपमा प्रेसर हर्न बजाई ध्वनि प्रदुषण गरेको भन्ने नागरिकहरुको गुनासोलाई सम्बोधन गर्ने क्रममा प्रहरीले एक सय ९४ वटा टिपरमा राखिएको प्रेसर हर्न हटाएको छ ।

करिब चार दिनकोे समयमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक तथा मातहत प्रहरी कार्यालयहरु र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले उक्त गतिविधिलाई नियन्त्रण एवं कारबाहीको लागि अभियान चलाएको हो र अभियानमा चेकजाँच एवं नियन्त्रण कारबाहीमा प्रेसर र्हन नियन्त्रण १ सय ९४ वटा टिपर, ओभरलोड कारबाही कटिङ्ग –१ सय ५९ वटा टिपर, डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुसंग वादविवाद कानुन कार्यान्वयनमा बाधा पु¥याउन खोज्ने ६ जना टिपर चालकहरुलाई कानुन बमोजिम पक्राउ गरी कानुनी दायरामा ल्याएको जनाएको छ ।

त्यस्तै, सवारी ईजाजत अनुमति पत्र साथमा नभएको २५ मा ४३ हजार ५ सय राजस्व संकलन गरेको छ भने ओभरलोड कारबाही ३९ वटा टिपरबाट ५८ हजार र सिटबेल्ट, हेल्मेट प्रयोग नगरेको ३८ वटा सवारीबाट १७ हजार ५ सय राजश्व संकलन गरेको छ ।

त्यसैगरी कागजपत्र साथमा नभएको ५६ वटा सवारीबाट ८० हजार , सवारी चालक अनुमती पत्र साथमा नभएको ४८ सवारी साधनबाट ५५ हजार, सवारीको अवस्था ठिक नभएको २८ सवारी साधनबाट ३२ हजार, छतमा लजेन राखेको १२ वटा सवारीकाट १२ हजार ५ सय, प्रयोजन विपरीत ६ सवारी साधनबाट छ हजार, सिट क्षमताभन्दा धेरै यात्रु राखेरका ३५ सवारी साधनबाट ४३ हजार पाँच सय र अरु ७१ वटा सवारी साधनबाट ८५ हजार ५ सय गरेर तीन लाख ६३ हजार पाँच सय राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);