बन्दुक पड्किएर एक जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बन्दुक पड्किएर एक जना घाइते

मकवानपुर । आफैले बोकेको बन्दुक पड्किएर एक जना घाइते भएका छन् । मंगलबार मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ७ स्थित कोगटे बस्ने २८ बर्षिय गगन बहादुर सिंजाली, भालेडाँडा सामुदायिक जंगलमा बाख्रा चराउन जाँदा आफैले बोकेको बन्दुक पड्किएर घाइते भएका हुन् ।

सिंजालीको दाहिने भागको कम्मरमा गोलि लागेको छ । घटनास्थलबाट प्रहरी एक थान भरुवा बन्दुक बरामद गरेको छ । सिंजालीको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);