सीमा क्षेत्रमा सशस्त्र र भारतीयबीच झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सीमा क्षेत्रमा सशस्त्र र भारतीयबीच झडप

jhadap

सर्लाही, ३० जेठ । सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ आएर प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । उक्त झडपमा एक जना भारतीयको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् । त्यसैगरी ३ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन् ।

शुक्रबार भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोज्दा उनीहरुलाई सोधपुछको लागि रोकेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको हो । सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ३ नारायणपुरस्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको हो ।

मृत्यु हुने व्यक्तिको परिचय खुल्न नसकेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । झडपमा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक खोस्ने प्रयास गरेका थिए । सशस्त्र प्रहरीसँग निहुँ खोज्दै भारतीय नागरिकले बन्दुक खोस्ने प्रयास गरेपछि झडप भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);