सिरहाको कल्याणपुरमा नगरप्रमुख समर्थित र असन्तुष्ट वडाध्यक्षहरुको समूहबीच झडप,पाँच राउन्ड हवाई फायर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सिरहाको कल्याणपुरमा नगरप्रमुख समर्थित र असन्तुष्ट वडाध्यक्षहरुको समूहबीच झडप,पाँच राउन्ड हवाई फायर

काठमाडौं, १९ असोज । सिरहाको कल्याणपुर नगरपालिकामा नगरप्रमुख समर्थित र असन्तुष्ट वडाध्यक्षहरुको समूहबीच झडप भएको छ । नगर सभाको विषयलाई लिएर नगरप्रमुख रामपुकार साह र असन्तुष्ट वडाध्यक्षहरुबीच झडप भएको हो ।

दुई पक्षबीच केही दिनदेखि विवाद चलिरहेको छ । यस क्रममा असन्तुष्ट समूहले विरोधको कार्यक्रम गरिरहँदा नगरप्रमुख रामपुकार साहका समर्थकहरु पनि पुगेपछि स्थिति तनावपूर्ण बनेको बताइएको छ । असन्तुष्ट समूहले हानेको ढुंगा लागेर नगरपालिका कार्यालयको सिसाहरु फुटेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो ।

सिरहा प्रहरीकाका अनुसार अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीबाट २१ राउन्ड अश्रुग्यास प्रहार भएको छ भने पाँच राउन्ड हवाई फायर भएको छ । सशस्त्र प्रहरीले पनि १५ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । झडपमा ६ सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् । स्थानीयका अनुसार नगर प्रमुख र वडाध्यक्षहरु दुबै पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन् । स्थिति नियन्त्रणमा आएपछि त्यस क्षेत्रमा ठुलोसंख्यामा मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । झडपमा परी १६ आन्दोलनकारी, चारजना नेपाल प्रहरी र दुई सशस्त्र प्रहरी गरी २२ जना घाइते भएका छन् ।

Photo : Siraha Times

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);