रौतहटमा प्रहरी र राजपाका कार्यकर्ताबीच झडप, ५ घाईते, २० राउन्ड हवाई फायर | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

रौतहट, १५ मंसिर । रौतहटमा राजपाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ५ जना घाईते भएका छन्। रौतहटको गरुडा नगरपालिका ५ महमदपुरमा भएको झडपमा बालकसहित पाँचजना घाइते भएका हुन्। घाइतेहरुको चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ।

मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो। मधेसवादी दलका कार्यकर्ताले प्रहरीलाई घेरा हालेका थिए। प्रहरीलाई मधेसवादी दलले घेरा हालेपछि प्रहरीले २० राउण्ड हवाई फायर र टियर ग्यास प्रहार गरेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);