प्रहरी र स्थानियबीच झडप हुँदा १४ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रहरी र स्थानियबीच झडप हुँदा १४ जना घाइते

पर्सा, २४ वैशाख । पर्साको जिराभवानी गाउँपालिकाको सेढवामा प्रहरी र स्थानियबीच झडप हुँदा १४ जना घाइते भएका छन् । आफ्ना भारतीय नातेदारलाई प्रहरीले दुव्र्यवहार गरि अपहरणको मुद्दामा फसाउन खोजेको भन्दै स्थानियले प्रदर्शन गरेका थिए । सो क्रममा आगजनी तथा ठुंगामुढा भएपछि प्रहरीले १२ राउण्ड हवाई फायर तथा रबरको गोली प्रहार गरेको ।

प्रहरीको गोली लागेर स्थानीय अर्जनिया देवी र सरिता देवी घाईते भएका छन् । यस्तै झडपको क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सुधेश्वर महतो, राजेश चौधरी, गोपाल खड्का, प्रहरी हवल्दार अशोक बैठा, प्रहरी जबान जयप्रकाश यादब पनि घाइते भएका छन् ।

घाईतेहरुको बीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ । आफन्तको विवाहमा सहभागी हुन जिराभवानी गाउँपालिकाको महादेव पटी टोलमा आएका चार जना भारतिय युवाहरु र नेपाल प्रहरीको बलुवा प्रहरी चौकीका प्रहरीबीच हिजो साँझ मोटरसाइकल चेक जांचको विषयलाई लिएर भनाभन भएको थियो । सोही विषयलाई लिएर स्थानीय र प्रहरीबीच तनाव बढेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);