नेपालगन्ज बसपार्क निर्माणको काममा ढिलासुस्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपालगन्ज बसपार्क निर्माणको काममा ढिलासुस्ती

nepalgunj buspark

जागेश्वर यादव
बाँके, २४ बैशाख
। पश्चिम नेपालको सबैभन्दा ठूलो नेपालगन्ज बसपार्कको निर्माणको कामले गति लिन सकेको छैन । एक वर्षअघि नै सकिनुपर्ने निर्माण कार्य तीन महिना थप्दा पनि सकिने छनक नदेखिएको हो ।

पश्चिम क्षेत्रकै सबैभन्दा ठूलो र अत्याधुनिक बसपार्क निर्माणमा ठेकेदार कम्पनीले लापर्बाही गरेको स्थानीयबासीको आरोप छ । निर्माणका लागि पाएको समय गुजारिसकेको र तीन महिना थप समय पाउँदा पनि कम्पनीले ढिलासुस्ती नै गरिरहेको भन्दै स्थानीयबासीसँग यातायात व्यवसायीसमेत आक्रोशित बनेका छन् । कतिपयले स्थानीय सरकार मुकदर्शक बनेर बस्दा पनि बसपार्क निर्माणमा ढिलाइ भएको गुनासो गरेका छन् ।

३२ करोड रुपैयाँको लागतमा बसपार्क निर्माणको काम भइरहेको छ । निर्माणको जिम्मा पाएको कम्पनीले अहिलेकै गतिमा काम गरे थप गरिएको तीन महिनामा पनि निर्माण कार्य पूरा हुने देखिदैन । यो अवधिमा पनि निर्माण नसके ऊबाट ठेक्का खोसेर अर्कै कम्पनीलाई दिने नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले बताए ।

यो बसपार्क निर्माण ढिलाइ हुँदा यातायात व्यवसायीले सडककै छेउछाउ पार्किङ गर्ने गरेका छन् । जसले गर्दा सडकमा जाम र दुर्घटनाको जोखिम बढेको छ । विकास निर्माणको काममा ढिलाइ हुँदा सरकारले लिएको समृद्धि अभियान प्रभावकारी हुन सक्दैन । त्यसैले प्रभावकारी अनुगमन र निरीक्षणमा जोड दिँदै विकास निर्माणका काममा सम्बन्धित निकाय गम्भीर बन्न जरुरी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);