बसपार्क निर्माणको लागि तेस्रोपटक म्याद थप गर्दा समेत काम हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बसपार्क निर्माणको लागि तेस्रोपटक म्याद थप गर्दा समेत काम हुन सकेन

बाग्लुङ,७ मंसिर। सुविधा सम्पन्न वसपार्क बनाउने काम ३ पटक म्याद थप्दा समेत बाग्लुङ बसपार्कले पुर्णता पाउन नसक्दा अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सुबिधा सम्पन्न बसपार्क बनाउने भनी करिव दुई दशक अघिवाट सुरु गरेको काम दुई बर्ष पहिले उद्घाटन गरेपनि काम हुन नसकेको हो ।

कोरोना भाइरसलाई बहाना बनाउदै आएको ठेकेदार कम्पनीलाई पछिल्लो पटक म्याद थप्दा समेत बसपार्कले गति लिन नसकी म्याद समाप्त भएको छ । बाग्लुङको बाग्लुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा एक बर्षभित्रै सुबिधा सम्पन्न बसपार्क निर्माण गर्ने भन्दै नगर विकास कोषसँग तीन बर्ष पहिला ऋण सम्झौता गरेर प्रकृया थालेको बसपार्क निर्माणको लागि तेस्रोपटक म्याद थप गर्दा समेत काम हुन सकेको छैन ।

बसपार्क निर्माण गर्न बाग्लुङ नगरबासिले निशुल्क जग्गा दिएपनि बसपार्कको कामले गति लिन सकेको थिएन । पछिल्लो पटक थपिएको ६ महिनाको म्याद सकिएको दुई महिनापछि बसेको कार्यपालिकाको बैठकले थप ६ महिनाकालागि दिएको म्यादमा समेत ठेकेदार कम्पनीले काम पुरा नगरेपछि बसपार्कको काम अलपत्र परेको हो ।

२०७६ मंसिरमा काम सक्नेगरी निर्माणको जिम्मेबारी पाएको निर्माण कम्पनीले समयमा काम नसकेका कारण २०७७ बैशाख १५ गते सम्मकालागि पछिल्लो पटक म्याद थप भएको थियो । लकडाउन लगायतका कारण देखाएर निर्माणको काम नसकेपछि पुनः २०७७ कार्तिक सम्मको लागि बागलुङ नगरपालिकाले थप गरेको म्याद समेत समाप्त हुदा पनि काम नहुदा बसपार्क अलपत्र पर्न गएको छ ।

स्थानीय बासिन्दाले करोडौं मूल्य पर्ने जग्गा निशुल्क दिएपनि १८ वर्षसम्म अलपत्र बागलुङ बसपार्क निर्माणको काम दुई वर्षअघि मात्रै सुरु भएको थियो । सुरु भएको एक बर्षमै सर्वसाधारणकालागि सुविधा सम्पन्न बसपार्क दिने नगरपालिकाले प्रतिबद्धता जनाएपनि कामले गति नलिएको जग्गा ब्यबस्थापन समितिले जनाएको छ ।

बसपार्ककालागि साढे १७ रोपनी जग्गा पर्याप्त भएपनि ५९ रोपनी जग्गा एकिकृत गरेर बाँकी जग्गा दातालाई दिने सहमति भएको थियो । अहिले जग्गा व्यवस्थापनको काम झन अन्यौलमा पर्न गएको छ । निर्माणाधिन बसपार्क तोकिएको समयमा नबनेपछि गत भदौमा बाग्लुङ नगरपालिकाले रकम र म्याद थपेर बसपार्क निर्माण थालेको थियो ।

बाग्लुङमा सुविधा सम्पन्न बसपार्क बनाउने भनेर जुन काम अघि बढेको थियो त्यो काम पटकपटक म्याद थप्दा समेत सम्पन्न हुन नसक्नु दुर्भाग्य भएको बाग्लुङ उद्योग बाणिज्य संघले जनाएको छ । बसपार्क निर्माणकालागि कुल १० करोड ४६ लाख ८७ हजार ५ सय रुपैयाँको लागत लाग्ने बताइएको छ ।

निर्माणका लागि आशिष फेवा संयुक्त निर्माण कम्पनीलाई जिम्मा दिइएको छ । बसपार्कसँगै टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी पार्क लगायतको संरचना निर्माणको चरणमा छन् । संरचनाहरुमध्ये भवनको रंगरोगन तथा बाहिरी संरचना निर्माण र पार्क व्यवस्थापनको काम बाँकी रहेको छ ।

आधुनिक बसपार्क निर्माण भएपछि कम्तीमा ६० वटा बस पार्किङ गर्न सकिने र साना सवारी साधनका लागि समेत सहज पार्किङको व्यवस्था हुने जनाईएको छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको समेत केन्द्र रहेको बाग्लुङमा व्यवस्थित बसपार्कको आवश्यकता खड्किँदैं आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);