बागलुङ सदरमुकाम खण्ड बर्सातका कारण बेहाल (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बागलुङ सदरमुकाम खण्ड बर्सातका कारण बेहाल (भिडियाेसहित)

बागलुङ । कालोपत्र हुन नसकेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्ड बर्सातका कारण बेहाल भएको छ । पटकपटक म्याद थप गर्दा समेत समयमा काम नसकेपछि जिल्ला प्रशासन कार्यालयमा ठेकेदार कम्पनी लगायत सबै सरोकारवाला सहमति गर्दै पटक पटक म्याद थप्दै आएको छ । ठेकेदार कम्पनीले २०७८ जेठ मसान्तसम्म २५ किलोमिटर सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएपनि २ किलोमिटर सडक कालोपत्रे भएको छ ।राष्ट्रिय गौरवको आयोजना मध्येको मध्यपहाडी लोकमार्ग आयोजना समयमा कालो पत्र हुन नसक्दा स्थानियले सास्ती खेप्दै आएका छन् । निर्माण शुरु भएको दुई दशक बितिसक्दा समेत सडकले पुर्णता पाउन नसक्दा जोखिम मोलेर यात्रा गर्नु पर्ने वाध्यता छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);