बागलुङ सडक खण्ड आयोजनाको निर्माण कार्य तीब्र बनाईदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बागलुङ सडक खण्ड आयोजनाको निर्माण कार्य तीब्र बनाईदै

baglung sadak khanda

सुवास आचार्य

बागलुङ, १० वैशाख । लकडाउनबाट अधिकांश पूर्वाधार विकासका आयोजनाहरु रोकिएका छन् । अधिकांश आयोजनाहरु रोकिएपनि राष्ट्रिय गौरवको आयोजना मध्ये मध्यपहाडी लोकमार्गको काम जारी छ । लोकमार्गको बागलुङ खण्डको कामले निरन्तरता पाईरहेको छ । लकडाउनका कारण मजदुर अभाव, आवश्यक उपकरणहरु ल्याउन समस्याका बाबजुत पनि निर्माण असारभित्र पुरा गर्ने गरि काम धमाधम भएको छ ।

लकडाउनको बीचमा पनि मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड सडक आयोजनाको तीब्र रुपमा अघि बढाइएको छ । बागलुङ सदरमुकामदेखि घोडावाधेसम्मको कामलाई तीब्र पारिएको हो । लकडाउनका कारण केही समय रोकिए पनि सावधानीपूर्वक अयोजना संचालनमा रहेको निर्माण कम्पनीले बताएको छ ।

मध्यपहाडी लोकमार्ग कुल १ हजार ७ सय ७६ किलोमिटरको छ । लोकमार्गको बागलुङ खण्डमा मात्रै १ सय ३२ किलोमिटर पर्छ । बागलुङ खण्डको १ सय ३२ किलोमिटर सडक आयोजनामध्ये अब ५२ किलोमिटर सडक कालोपत्रे गर्न हुन बाँकी छ । बागलुङको काँठेखोला गाउँपालिकामा पर्ने अछेते घोडाबाँधे खण्डमा पहरा काट्ने नाली बनाउने कामलाई निरन्तरता दिइएको मध्यपहाडी लोकमार्गको बागलुङ, पर्वत र कास्की खण्डका डिभिजन प्रमुख आशिष थापाले बताउनु भयो ।

लकडाउनका कारण सबै क्षेत्र ठप्प भएको छ । जसका कारण आयोजनामा काम गर्ने मजदुर र हेभी इक्युमेण्टका लागि आवश्यक इन्धन लगायतका सामाग्रीको अभावले आयोजना प्रभावित भएको छ । पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिन्छ । मध्यपहाडी लोकमार्ग निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती, निर्माण सामाग्रीको अभाव, मुआब्जा विवाद लगायतका कारणले काम समयमा सकिन नसकिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);