प्राधिकरण भन्छ - 'लकडाउनका कारण पुननिर्माणको कार्यमा गम्भिर असर पर्यो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्राधिकरण भन्छ – ‘लकडाउनका कारण पुननिर्माणको कार्यमा गम्भिर असर पर्यो’

sushil gyawali

काठमाडौं, १० वैशाख । राष्ट्रिय पुननिर्माण प्राधिकरणले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण पुननिर्माणको कार्यमा असर पारेको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कोरोना भाइरसको महामारीको असर पुननिर्माणको कार्यमा गम्भिर रुपमा परेको बताउनुभएको हो ।

आगामी शुक्रवार २०७२ साल वैशाख १२ गतेको भूकम्प पछिको ५ वर्ष पूरा हुँदैछ । ज्ञवालीले लकडाउनका कारण अर्थतन्त्रमा गम्भिर असर गरेको र यसले पुननिर्माणको बजेटमा समेत असर पार्ने बताउनुभयो । उहाँले कोरोनाले राजस्व संकलनमा प्रभाव पार्ने र यसले प्राधिकरणको श्रोत व्यवस्थापनामा समेत असर पार्ने उल्लेख गर्नुभयो । तर निजी आवासको पुननिर्माणका लागि बजेट अभाव हुन नदिने ज्ञवालीको भनाई छ । ज्ञवालीले विद्यालय र स्वास्थ्य संस्थाको पूर्वाधारको पुनर्निर्माणमा पनि ध्यान दिइएको र विश्व बैंक लगायतका दातासँग छलफल भइराखेको उल्लेख गर्नुभयो । उहाँले स्रोत साधनको कमिको कारण वा समय अभावको कारणले पुनर्निर्माणको काम प्रभावित नहुने समेत बताउनुभयो ।

ज्ञवालीले कोरोनाले पारेको प्रभावले पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न चुनौती थपिदिएको समेत बताउनुभयो । उहाँले अहिले सम्म निजी आवास पुननिर्माणको काममा ८८ प्रतिशत प्रगति भएको उल्लेख गर्नुभयो । यस्तै भुकम्पबाट क्षतिग्रस्त ७ हजार ५ सय ३ विद्यालयमध्ये ७४ प्रतिशत विद्यालयहरु अर्थात ५ हजार ५ सय ९८ विद्यालयको पुननिर्माण सम्पन्न भइसकेको छ । प्राधिकरणले अहिले सम्म ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको समेत बताएको छ । पुननिर्माणका लागि अहिलेसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ खर्च भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);