मर्करीको उचित व्यवस्थापनका लागि ‘मिना माता महासन्धि’ अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मर्करीको उचित व्यवस्थापनका लागि ‘मिना माता महासन्धि’ अनुमोदन

काठमाडौं, २४ पुस । सरकारले मानव स्वास्थ्य र वातावरणमा गम्भिर असर पार्ने रसायन मर्करीको उचित व्यवस्थापनका लागि ‘मिना माता महासन्धि’ अनुमोदन गर्ने भएको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले मानव स्वास्थ्य तथा वातावरणमा गम्भिर असर पार्ने रसायन मर्करीको उचित व्यवस्थापनका लागि सरकारले सो सम्बन्धि ‘मिना माता महासन्धि’ छिट्टै अनुमोदन गर्ने प्रतिवद्धता जनाए ।

उनले सो रसायनको उचित व्यवस्थापनका लागि सरकारले आवश्यक नीति, कानुन र कार्यक्रम तय गर्दै आएको पनि जानकारी दिए । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव ओलीले सो रसायनले मानव स्वास्थ्यमा पारिरहेको असरबारे अध्ययन गर्ने योजना पनि अघि सारे ।

कार्यक्रममा विज्ञहरुले नेपालमा विषाधी मर्करी रसायनको प्रयोग बढ्दै गएको उल्लेख गर्दै त्यसले सर्वसाधारणको जीविकोपार्जनमा समेत गम्भिर असर पारिरहेको औंल्याएको थिए । नेपालले सन् २०१३ मा मर्करी जस्ता विषाधि रसायनको उचित व्यवस्था गर्ने प्रतिवद्धता जनाउँदै ‘मिना माता महासन्धि’मा हस्ताक्षर गरेको थियो ।

सचिव ओलीले त्यसयता नेपाल सरकारले मर्करी लगायतका मानव स्वास्थ्य र वातावरणमा समेत गम्भिर असर पार्ने रसायनहरुको उचित व्यवस्थापनका लागि नीति, कानुन र कार्यक्रम संचालन गर्दै आएको पनि स्मरण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);