सडक दुर्घटनाबाट उपत्यकामा मात्रै ५ महिनामा १०४ को ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सडक दुर्घटनाबाट उपत्यकामा मात्रै ५ महिनामा १०४ को ज्यान गयो

accident

फूलमाया आले
काठमाडौं, २४ पुस
। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा चालू आर्थिक वर्षको ५ महिनामा मात्र ३ हजार ३ सय ५० सडक दुर्घटनामा १ सय ४ जनाको मृत्यु भएको छ । त्यसमा ३९ जना पैदलयात्रुको मृत्यु भएको छ । सडक दुर्घटनाको मुख्य कारकको रुपमा चालकको लापरबाही तथा भौतिक पूर्वाधारको अभाव रहेको पाइएको छ ।

सोमबार काठमाडौँको सामाखुसी चोकमा जेब्राक्रसमा बाटो काट्दै गरेका पैदल यात्रुलाई माइक्रो बसले ठक्कर दिँदा एक जनाको मृत्यु भयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क हेर्ने हो भने काठमाडौ उपत्यकामा मात्र हजारौ सवारी दुर्घटना हुने गरेको छ ।

महाशाखाको तथ्याङ्क अनुसार उपत्यकामा आर्थिक वर्ष २०६९-७० मा ४ हजार ७ सय ७० सडक दुर्घटनामा १ सय ४८ जनाको मृत्यु भएको छ भने त्यसमा ६३ जना पैदलयात्रुको मृत्यु भएको छ । त्यस्तै आर्थिक वर्ष ७०-७१ मा ४ हजार ६ सय ७२ सडक दुर्घटनामा १ सय ४३ जनाको मृत्यु भएको छ । ५३ जनाको मृत्यु भएको छ । त्यसैगरी ७१-७२ मा ४ हजार ९ सय ९९ सडक दुर्घटनामा १ सय ३३ जनाको मृत्यु भएकोमा पैदलयात्रु ५७ जना रहेका छन ।

आर्थिक बर्ष ७२-७३ मा ५ हजार ६ सय ६८ सडक दुर्घटनामा १ सय ६६ जनाको ज्यान गएको छ , ज्यान गुमाउनेमा पैदलयात्रु ६५ जना रहेका छन । ७३-७४ मा ५ हजार ५ सय ३० सडक दुर्घटनामा १ सय ८२ जनाको मृत्यु भएको छ भने त्यसमा ७९ जना पैदल यात्रुले ज्यान गुमाउनु पर्‍यो ।

आर्थिक बर्ष ७४-७५ मा ६ हजार ३ सय ८१ सडक दुर्घटनामा १ सय ९४ जनाको मृत्यु भएको छ । जसमा पैदलयात्रुको संख्या ६३ रहेको छ । साथै चालू आर्थिक वर्षको ५ महिनामा मात्र ३ हजार ३ सय ५० सडक दुर्घटनामा १ सय ४ जनाको मृत्यु भएको छ । त्यसमा पनि ३९ जना पैदलयात्रुले ज्यान गुमाएका छन ।

सडक दुर्घटनामा हुने मृत्यु मध्ये ४० प्रतिशत पैदलयात्रु छन । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा साढे ३ सय जेब्राक्रस र जम्मा २२ वटा मात्र आकासे पुल रहेका छन

राजधानीका धेरै व्यस्त सडक चोकहरुमा आकासे पुल र जेब्राक्रस छैन जसका कारण पैदलयात्रु ज्यानलाई जोखिममा राख्दै बीच सडकबाट नै बाटो काट्न बाध्य छन ।

सडक दुर्घटनाको मुख्य कारकको रुपमा चालकको लापरबाही, तीव्र गति, तथा आकासे पुल, जेब्राक्रस ट्राफिक बत्ती नहुनु जस्ता भौतिक पूर्वाधारको अभाव रहेको पाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);