प्रदेश २ का ८ वटा जिल्लामा सवारी दुर्घटनामा वृद्धि (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

प्रदेश २ का ८ वटा जिल्लामा सवारी दुर्घटनामा वृद्धि (भिडियोसहित)

बारा, २२ असोज । बारा लगायत प्रदेश २ का ८ वटा जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो तीन वर्षको तथ्याङ्कले दुर्घटनाको डर लाग्दो तथ्याङक देखाएको हो । तराईका ८ जिल्ला मध्ये बारा र रौतहटमा बढी सडक दुर्घटना हुने गरेको छ ।

तराईका जिल्लाहरुमा हरेक वर्ष सवारी दुर्घटनामा वृद्धि भएको छ । तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७४-७५ मा प्रदेश २ का ८ जिल्लामा १ हजार १ सय ५ सवारी दुर्घटनामा ३ सय ९४ जनाको मृत्यु भएको देखिन्छ । २०७५-७६ मा त्यो संख्या बढेर ९ सय १४ सवारी दुर्घटनामा परी ४ सय ९६ जनाले ज्यान गुमाए ।

यस्तै आर्थिक वर्ष ०७६-७७ मा १ हजार ३ सय ४० सवारी दुर्घटनामा परी ४ सय २० जनाले ज्यान गुमाए । यो संख्या आर्थिक वर्ष ०७५-७६ को सवारी दुर्घटनामा भन्दा ४६ दशमलव ६० प्रतिशतले बढि हो । तर मृत्युमा भने १५ दशमलव ३१ प्रतिशतले कमि हो । मानिसमा जनचेतना भएको तर, कानुन कार्यान्वयन फितलो भएका कारण सर्वसाधारणमा मनपरि गर्ने प्रबृति बढ्दै गएपछि दुर्घटनाको संख्यामा बृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ ले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);