बागमती प्रदेशमा दुर्घटनाका घटना ९१ प्रतिशतले बढ्यो (तथ्याङ्कसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बागमती प्रदेशमा दुर्घटनाका घटना ९१ प्रतिशतले बढ्यो (तथ्याङ्कसहित)

हेटौंडा । बागमती प्रदेशमा सवारी दुर्घटनाका घटना बढेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ९१ प्रतिशतले दुर्घटनाका घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गत वर्ष १ हजार ५सय २१ वटा सवारी दुर्घटना भएको जनाइएको छ । प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा गत आर्थिक वर्ष २०७७-७८ मा १ हजार ५सय २१ वटा सवारी दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा ७ सय ९३ दुर्घटना भएका थिए । यस्तै गत वर्ष सवारी दुर्घटना सम्बन्धि मुद्धामा दर्ता ११ प्रतिशतले कमि आएको प्रहरीको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा सवारी दुर्घटनाका २ सय ९५ वटा मुद्धा दर्ता भएको थियो भने अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा ३ सय ३३ मुद्धा प्रहरीमा परेको थियो ।

यसैगरि गत वर्ष ३ सय ४९ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएकामा अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा ४ सय ७ जनाको ज्यान गएको थियो । गत वर्ष सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा १४ प्रतिशतले कमी आएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक एवम् प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

यस्तो छ सवारी दुर्घनाको जिल्लागत तथ्यांक

प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा आर्थिक वर्ष २०७६-०७७ मा १ सय २० दुर्घटना हुँदा ६९ जनाले ज्यान गुमाए । यो संख्या बढेर आर्थिक वर्ष २०७७-०७८ मा जिल्लामा २ सय ५७ दुर्घटनामा परि ६० जनाको ज्यान गयो ।

यसैगरि चितवनमा आर्थिक वर्ष २०७६-०७७ मा २ सय ६१ दुर्घटनामा १ सय ७ जनाको ज्यान गएको थियो भने आर्थिक वर्ष २०७७÷०७८ मा ४ सय ३७ दुर्घटनामा १ सय २८ जनाको मृत्यु भयो । यसैगरि धादिङ्मा आर्थिक वर्ष २०७६-०७७ मा १ सय २५ दुर्घटनामा ५३ जनाको ज्यान गएको थियो । यो संख्या बढेर आर्थिक वर्ष २०७७-०७८ मा २ सय ५५ वटा सवारी दुर्घटना हुँदा ५७ जनाले ज्यान गुमाए ।

यस्तै काभ्रेपलाञ्चोकमा आर्थिक वर्ष २०७६÷०७७ मा १ सय २४ दुर्घटनामा ५६ जनाको मृत्यु भयो भने आर्थिक वर्ष २०७७÷०७८ मा १ सय ३४ दुर्घटनामा २८ जनाले ज्यान गुमाए ।

यसैगरि आर्थिक वर्ष २०७६-०७७ मा २३ दुर्घटनामा परि ५० जनाको निधन भएकोमा आर्थिक वर्ष २०७७÷०७८ मा ५४ दुर्घटनामा ३ जनाको मृत्यु भएको तथ्यांक बागमती प्रदेश प्रहरीसँग रहेको छ ।

यस्तै नुवाकोटमा आर्थिक वर्ष २०७६-०७७ मा १९ दुर्घटनामा ११ जनाले ज्यान गुमाउँदा आर्थिक वर्ष २०७७÷०७८ मा दुर्घटना संख्या बढेर ७० पुग्यो भने मृत्यु संख्या १० रहेको छ ।

प्रदेशको रसुवा जिल्लामा आर्थिक वर्ष २०७६-०७७ मा सबैभन्दा कम ६ दुर्घटनामा ३ जनाको निधन भएकोमा यो संख्या बढेर आर्थिक वर्ष २०७६÷०७७ मा ९ दुर्घटना हुँदा ५ जनाको मृत्यु भयो ।

यस्तै पर्यटकिय जिल्ला दोलखामा आर्थिक वर्ष २०७६-०७७ मा २९ दुर्घटनामा परि १२ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७७÷०७८ मा दुर्घटना संख्या बढेर ४० पुग्यो १२ जनाले ज्यान गुमाउनु पर्यो ।

यस्तै प्रदेशको रामेछाप जिल्लामा आर्थिक वर्ष २०७६-०७७ मा २० दुर्घटनामा १२ जनाको निधन भएको थियो भने दुर्घटना संख्या बढेर आर्थिक वर्ष २०७७÷०७८ मा ३५ पुग्यो भने ९ जनाको मृत्यु भयो ।

यस्तै विपि हाइवे बनेपा–बर्दिबास सडकखण्ड पर्ने सिन्धुलीमा आर्थिक वर्ष २०७६-०७७ मा ६६ दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो । यो संख्या बढेर आर्थिक वर्ष २०७७-०७८ मा २ सय २१ दुर्घटना हुँदा ३७ जनाले ज्यान गुमाएको तथ्यांक बागमती प्रदेश प्रहरीसँग रहेको छ ।

प्रहरीको दुई आर्थिक वर्ष २०७६-०७७ र आर्थिक वर्ष २०७७-०७८ तथ्यांकलाई हेर्दा सबैभन्दा धेरै दुर्घटना हुनेमा जिल्लामा चितवन रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);