मिलापत्र अर्थात ६६ प्रतिशत हिंसालाई माफ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मिलापत्र अर्थात ६६ प्रतिशत हिंसालाई माफ

प्रदिप ढुंगाना,
मकवानपुर । पछिल्लो २ वर्ष अर्थात् लकडाउनका कष्टसाध्य दिनहरु । तर यही बेला घरभित्रै मानिस हिंसाको सिकार भएका छन् । हो, बागमती प्रदेशको राजधानी रहेको मकवानपुरमै अझ घरेलु हिंसाका घटना बढिरहेको पाइएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार, दुई वर्षमा २ हजार २ सय ५२ जना घरेलु हिंसाको सिकार भएका छन् । निषेधाज्ञा भोगेको यो दुई वर्षमा बागमती प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा २ हजार २ सय ५२ जनामाथि घरेलु हिंसा भएको हो ।

प्रदेशमा आर्थिक वर्ष २०७६-७७ मा १ हजार १ सय २६ वटा घरेलु हिंसा सम्बन्धि उजुरी प्रहरीमा दर्ता भएका थिए । यस्तै, आर्थिक वर्ष २०७७-७८ मा समान १ हजार १ सय २६ वटा उजुरी परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

प्रहरीको तथ्यांकमा सबैभन्दा बढी घरेलु हिंसा प्रदेश राजधानी समेत रहेको मकवानपुरमा देखिएको छ । मकवानपुरमा आर्थिक वर्ष २०७७÷७८ मा २ सय ७६ वटा घरेलु हिंसा भएका थिए । यो संख्या अघिल्लो अािर्थक वर्ष २०७६-७७ मा पनि समान २ सय ७६ नै रहेको पाइएको छ ।

दुई आर्थिक वर्षमा सबैभन्दा कम घरेलु हिंसा रसुवा जिल्लामा भएको उल्लेख छ । रसुवामा आर्थिक वर्ष २०७७÷७८ मा ५ वटा घरेलु हिंसाका घटना भएको पाइएको छ भने अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा १७ जना मानिस घरेलु हिंसाबाट पीडित भएका थिए ।

यस्तै, चितवनमा आर्थिक वर्ष २०७६-७७ मा ९१ घरेलु हिंसाका घटना भएकामा यो संख्या बढेर आर्थिक वर्ष २०७७-७८ मा १ सय ५४ वटा पुगेको छ । धादिङमा आर्थिक वर्ष २०७६-७७ मा २ सय १० वटा घरेलु हिंसा भएको थियो भने आर्थिक वर्ष २०७७-७८ मा यो संख्या घटेको छ । गत अर्थिक वर्षमा १ सय ९५ वटा हिंसाका घटनासम्बन्धी उजुरी प्रहरीमा परेको छ ।

यस्तै, नुवाकोटमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष हिंसाका घटनामा कमी आएको देखिएको छ । जिल्लामा आर्थिक वर्ष २०७६-७७ मा ८४ वटा हिंसा भएकामा आर्थिक वर्ष आर्थिक वर्ष २०७७-७८ मा ७४ जना हिंसाबाट पीडित भएको पाइएको छ ।

प्रहरीको तथ्यांकअनुसार, काभ्रेपलाञ्चोकमा आर्थिक वर्ष २०७६-७७ मा १ सय ९४ वटा घरेलु हिंसा भएको थियो । यो संख्या आर्थिक वर्ष २०७७-७८ मा १ सय ८६ जना मानिस घरेलु हिंसाबाट पीडित भएको पाइएको छ । यस्तै, सिन्धुपाल्चोकमा आर्थिक वर्ष २०७६-७७ मा ९९ वटा र आर्थिक वर्ष २०७७-७८ मा ९८ वटा घरेलु हिंसा भएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेशको हिमाली जिल्ला मानिने दोलखामा आर्थिक वर्ष २०७६-७७ मा ५० र आर्थिक वर्ष २०७७-७८ मा ५६ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा दर्ता भयो । यसैगरी, रामेछापमा आर्थिक वर्ष २०७६-७७ मा ३७ वटा घरेलु हिंसा भएको पाइएको छ भने आर्थिक वर्ष २०७७-७८ मा यो संख्या घटेको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लामा २७ जना मानिस घरेलु हिंसा भएको भन्दै प्रहरीमा पुगेका थिए । यस्तै, सिन्धुलीमा आर्थिक वर्ष २०७६-७ मा ६८ र २०७७-७८ मा ६४ घरेलु हिंसा भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मिलापत्र कि हिंसालाई माफ ?

प्रहरीमा आइपुग्ने अधिकांश घटनामा मिलापत्र हुने गरेको छ । दुई वर्षमा २ हजार २ सय ५२ जना पीडित प्रहरीमा आइपुगेकामा १ हजार ५ सय ४४ घटनामा मिलापत्र भए । आर्थिक वर्ष २०७६-७७ मा ८ सय ६ वटा र आर्थिक वर्ष २०७७-७८ मा ७ सय ३८ वटा मिलापत्र गरिएको प्रहरीको तथ्यांक छ ।

यसैगरी २०७६-७७ मा ८७ जना सम्बन्धित निकाय गएका थिए । यस्तै, घटना भइसकेपछि प्रहरीमा पुगेका पीडितहरु सम्पर्क बाहिर रहनेको संख्या पनि धेरै छ । २ हजार २ सय ५२ जना पीडितमध्ये १ सय १९ जना प्रहरीको सम्पर्क बाहिरै छन् । कुल मुद्धामा अब ३ सय ६१ मुद्धाको प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ । अर्थात् प्रहरीमा पुगेका मुद्दामा पनि ६६ प्रतिशत मिलापत्रका नाममा हिंसाले माफ पाउने गरेको छ ।

प्रहरीमा उजुरी परे पनि कयौँ पीडकहरु प्रहरीको सम्पर्कमा नआउँदै सामाजिक लोकलज्जाका विषयमा पनि गाउँमै छलफल भएर मिलाउने गरिएको छ । यसले उठाएको गम्भीर प्रश्न हो, लकडाउनजस्तो घरमै बस्नु पर्ने अवस्थामा पनि घरभित्रै असुरक्षा कायमै छ । कथमकदाचित प्रहरीमै पुगे पनि मिलापत्रका नाममा फेरि पनि हिंसा गर्नेहरुले उन्मुक्ति पाइरहेकै छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);