राप्ती सोनारी गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउछौं : मन्त्री चौधरी | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

राप्ती सोनारी गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउछौं : मन्त्री चौधरी

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने प्रतिबद्धता लुम्बिनी प्रदेशका ‘पर्यटन ग्रामिण तथा शहरी विकास’ मन्त्री डिल्लीबहादुर चौधरीले व्यक्त गरेका छन् ।

पर्यटकीय क्षेत्रको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले जिल्लाको राप्तीसोनारी गाउँपालिका–३ मा रहेको प्रशिद्ध धार्मिक तिर्थस्थल भूवर भवानी मन्दिर क्षेत्रको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री चौधरीले भूवर भवानीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताएका छन । राप्ती नदीको दुबैतर्फ गाउँपालिकाका विभिन्न वडा रहेका छन् ।

राप्ती सोनारीको–१ कुसुमदेखी वडा नं २ अगैयासम्म ¥याफ्टिङ सञ्चालन गर्न मन्त्रालयले आवश्यक कार्य अगाडी बढाउने बताएका ।

‘कुसुमलाई पर्यटन क्षेत्रसँग जोड्ने हो भने राप्तीलाई प्रयोग गर्नुपर्ने र राप्तीलाई प्रयोग गर्दा यहाँबाट अगैयासम्म ¥याफ्टिङ सुरु गर्नेछौं । ‘यसबाट यहाँका ब्यवसायीलाई ठुलो फाईदा पुग्ने र पश्चिम नेपालको कर्णाली पछिको पहिलो ¥याफ्टिङ राप्ती नदीमा हुनेछ ।’, उनले भने ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);