राप्ती नदीमा गोही सहित जलचर प्राणीको बासस्थानको अवलोकन | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

राप्ती नदीमा गोही सहित जलचर प्राणीको बासस्थानको अवलोकन

टेकेन्द्र बस्याल
बाँके, ११ पुस । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वन व्यवस्थापन समितिले राप्ती नदीमा गोहीको संख्या र बासस्थानको अवलोकन गरेको छ । १४ जनाको टोलीले राप्ती नदीको गाभर देखि अगैयासम्म र्याफ्टिङ्ग गर्दै राप्ती नदी र आसपासमा बसोबास गर्ने गोहीहरुको बासस्थान र सम्भावनाको अवलोकन गरिएको हो ।

राप्ती नदीमा मगर गोहीकोे संख्या, बासस्थान र आहारको अवस्थाको अवलोकन गरिएको छ भने निकुञ्ज अन्तर्गत राप्ती नदीका दुर्लभ प्रजातिका चरा, वन्यजन्तु तथा माछा, गोहीसहितका जलचरका लागि बासस्थानकोे अनुगमन गरिएको बाँके निकुञ्जले जनाएको छ ।

यसअघि विभिन्न समयमा राप्ती नदीमा निकुञ्जले मगर गोही छोडेको थियो । विश्व सिमसार दिवस पारेर बाँके राष्ट्रिय निकुञ्जमा थप गोही छोड्ने तयारी रहेको निकुञ्जका वार्डेन युवराज शर्माले बताए ।

राप्ती नदी माछा र गोहीको लागि प्रसिद्ध स्थल भएको भन्दै मध्यवर्ती वन व्यवस्थापन समिति अध्यक्ष गहेन्द्रकुमार खड्काले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने जानकारी दिए ।

अवलोकनले पर्यटनमा विकास गर्ने र पर्यटनका लागि नयाँ गन्तव्यको खोजीका लागि पनि सहयोग गर्ने विश्वास लिइएको छ । राप्ती नदीलाई गोहीको बासस्थान र पर्यटकीय क्षेत्र बनाउन सरसफाइ र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने राप्ती–सोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले बताए ।

बाँके निकुञ्जमा अहिले एकसय २४ प्रकारका रुख, ३४ प्रकारका जनावर, तीनसय प्रकारका चरा, २४ प्रकारका सरिसृप जनावर, ५८ प्रजातीका माछा र सात प्रकारका छेपारो रहेको अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);