बाँकेमा २० प्रजातिका चरा भेटियो, बासस्थान भने सङ्कटमा | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

बाँकेमा २० प्रजातिका चरा भेटियो, बासस्थान भने सङ्कटमा

माघ १० बिहिबार
केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा २० प्रजातिका चरा भेटिएका छन् । राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवम् नदीमा ती प्रजातिका चरा भेटिएका हुन् ।भेटिएका चराका प्रजातिमा चखेवालगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताए ।

उनका अनुसार ताल, तलैयामा भएको फोहोरले चराको बासस्थानलाई साँघुरो बनाइदिएको छ ।तालतलैयाका क्षेत्रमा वनभोजस्थल हुँदा ध्वनि प्रदूषणले पनि चराको बासस्थान सङ्कटमा परेको उहाँको भनाइ छ ।

खडखडे, सिलसिले हाँसलगायत जलचर चरा सर्वेक्षणका क्रममा भेटिएका छन् ।बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका समुदायले गरेको चरा सर्वेक्षण तथा गणनाबाट बाँकेमा दुई सय ७६ चरा भेटिएका छन् । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले वर्षेनि हुने चराको सर्वेक्षण तथा गणनाबाट चराको बासस्थानमा व्यवस्थापनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Leave a Reply