कान्ति लोकपथ अवरुद्धः छपेलीमा पुनः ठूलो पहिरो खस्दा यातायात ठप्प | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

कान्ति लोकपथ अवरुद्धः छपेलीमा पुनः ठूलो पहिरो खस्दा यातायात ठप्प

काठमाडौं ।

काठमाडौं–हेटौँडा जोड्ने छोटो मार्गका रूपमा रहेको कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ ।ललितपुरको वागमती गाउँपालिका–३ स्थित छपेली क्षेत्रमा खसेको ठूलो पहिरोले सडक यातायात पूर्ण रूपमा ठप्प पारेको हो । कान्ति लोकपथको ६१+४०० देखि ६३+००० किलोमिटर (चेनेज) खण्डमा पर्ने छपेली क्षेत्रमा शुक्रवार बिहान पहिरो खसेको थियो । सडक डिभिजन कार्यालयले पहिरो पन्छाएर यातायात सुचारु गर्ने तयारी गरिरहेको समयमा पुनः ठूलो परिमाणमा पहिरो खसेपछि उद्धार कार्य प्रभावित बनेको छ । स्थानिय प्रशासनकाअनुसार सो क्षेत्रमा पहिरो खस्ने क्रम अझै नरोकिएकाले सडक खुलाउन जोखिम बढेको छ । पहिरो सक्रिय रहेकाले तत्कालै सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको इन्जिनियरहरूले जनाएका छन् । माटो र लेदोसहित खसिरहेको पहिरोले गर्दा सडक मर्मतमा खटिएका प्राविधिक तथा कामदारहरूलाई समेत काम गर्न कठिनाइ भएको छ । हाल सो खण्ड भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ । पहिरोको प्रकृति हेर्दा तत्कालै बाटो खुल्ने सम्भावना न्युन देखिएको छ । भौतिक पूर्वाधारको यो महत्वपूर्ण सडक खण्ड वर्षायाममा पटक–पटक पहिरोको चपेटामा पर्दै आएको छ, जसले गर्दा हेटौँडा—काठमाडौँ आउजाउ गर्ने यात्रुहरू सास्ती खेप्न बाध्य छन् ।

Leave a Reply