नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सवारी आवागमन अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सवारी आवागमन अबरुद्ध

muglin pahiro

चितवन, १७ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अबरुद्व भएको छ ।

सडक खण्डको घुमाउने र जलवीरेमा बिहान ४ बजे खसेको पहिरोले सवारी आवागमन प्रभावित भएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका– २९, घुमाउने र इच्छाकामना गाउँपालिका– ६ को जलवीरेमा पहिरो खसेको छ । र भरतपुर महानगरपालिका– २९, घुमाउनेमा ठूलो पहिरो खसेको र पन्छाउने काम भैरहेको छ ।

ठूला ढुंगा सडकमा खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ । सडक ठप्प भएपछि दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । उता, इच्छाकामना गाउँपालिका– ६ को जलवीरेमा पहिरो एकतर्फी पन्छाएर सवारी आवागमन खुलाइएको छ । पूरै पहिरो हटाउन भने केही समय लाग्ने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);