पहिरो खसेको ८ घण्टा बित्दा पनि खुलेन नारायणगढ–मुग्लिन सडक  | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

पहिरो खसेको ८ घण्टा बित्दा पनि खुलेन नारायणगढ–मुग्लिन सडक 

काठमाडौं। पहिरो खसेको ८ घण्टा बित्दा पनि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड खुलेको छैन ।

अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा  आज बिहान ६ बजे पहिरो खसेको थियो । पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पुर्ण रुपमा अवरुद्ध भएको छ। चार वटा जेसीवी प्रयोग गरि पहिरो हटाउने कार्य भैरहे पनि वर्षासँगै पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन केही समस्या भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

Leave a Reply

ताजा समाचार