पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

चितवन । पहिरोका कारण अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

नारायणगठ –मुग्लिन सडकखण्ड अन्तर्गत तीन किलो, चार किलो र सेतीदोभानमा खसेको पहिरो हटाएपछि एकतफी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

एकतर्फी मात्रै भएपनि सडक सञ्चालनमा आएपछि पहिरोका कारण रोकिएकाहरुलाई पालैपालो गन्तव्यमा पठाउने क्रम सुरु भएको छ ।

अझै पनि सडकखण्डका विभिन्न स्थानहरुमा रहेको पहिरो अवरोध हटाउने काम जारी रहेको छ जसका कारण सडक दुई तर्फ सूचारी हुन केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा सयौं यात्रुहरु अलपत्र परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);