नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चितवन, ३० भदौ । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा गएराति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।

सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएपनि राति पुन पहिरो खसेसागै सडक पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको र पन्छाउन दिनभर लाग्ने हुँदा बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

यस्तै सडकखण्डअन्तर्गत भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);